भारत सरकारले दार्जीलिङबासीमाथि नाकाबन्दी लगाएपछि नेपालको दाल चामल उपभोग गर्दै
इलाम, २५ असार । नाकाबन्दीमा फसेको दार्जीलिङमा नेपालको दाल चामल निर्यात हुन थालेको छ । लामो समयदेखि चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका हुन् ।
दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन थालेका हुन् ।
सिलीगुडीबाट पहाड तर्फ खाद्यान्न ढुवानीमा रोक लगाइए पनि झापाको चारआली हुँदै इलामको पशुपतिनगर नाकाबाट दार्जीलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सम्भव छैन । आवश्यक परेका यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीय बताउँछन् ।
सामरिक हिसाबले ‘चिकेन नेक’ मानिने भारतको पूर्वोत्तर नाकामा खाद्यान्न आपूर्ति बन्द गर्ने र दार्जीलिङ एवं सिक्किमबासीलाई भोकै पारेर गलाउने पश्चिम बंगाल सरकारको नीति अन्ततः निस्प्रभावी बन्ने देखिएको छ ।
पशुपतिनगर(मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमा बजार माने भञ्ज्याङमा दैनिक रूपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गरेको मानेभञ्ज्याङका यातायात व्यवसायी पासाङ्ग तामाङले बताए । सामान्य अवस्थामा भारतीय बजारमा खाद्य सामाग्रीहरु तुलनात्मक रुपमा सस्तो पाइने भएकाले सीमा क्षेत्रका नेपालीहरुसमेत भारतीय बजारबाटजाने गर्दथे । तर, आन्दोलन र भारतीय सरकारको नाकाबन्दीका कारण त्यसको ठीक उल्टो भारतीय नागरिकहरु चाहिँ नेपाली बजारमा आश्रित हुन थालेका छन् ।
यसैबिच गोर्खाल्याण्ड आन्दोलन वैधानिक हुँदा हुँदै पनि पश्चिम बंगाल सरकारले दमन गरेको र त्यसको मार सिक्किमलाई परेको भन्दै सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ राईले पश्चिम बंगाल सरकारलाई सर्वोच्च न्यायालयमा मुद्दा लगाउने बताएका छन् । पश्चिम बंगाल सरकारलाई ६० हजार करोडको क्षपिूर्ति दाबी गर्दै मुद्धा दायर गर्ने मुख्यमन्त्री चाम्लिङले बताएका छन् । उनले यसपटक खुलेरै गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












