प्रधानमन्त्रीले देउवाले भने– नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउन पहल गर्छु
नवलपरासी, २५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा सो प्रतिबद्धता जनाएका हुन् ।
दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लालाई थप नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै शनिबार सो टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो । सो क्रममा नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिति निर्माण गर्न माग गर्नका लागि नवलपुर क्षेत्रका सांसद र जिल्ला नेताको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
टोलीले नवलपुर क्षेत्रका बारेमा सबै जानकारी गराएपछि प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न आफूले पहल गर्ने आश्वासन दिनुभएको टोलीमा सहभागी नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले जानकारी दिए । नवलपुर क्षेत्र भूगोलमा पनि ठूलो र जनसङ्ख्या पनि धेरै रहेको लगायतका विषय राखेपछि प्रधानमन्त्रीले अब छुट्टै जिल्ला बनाउन आफूले पहल गर्ने आश्वासन दिएको सांसद श्रेष्ठले बताए ।
सो टोलीमा नवलपरासी क्षेत्र नं १ का सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइराला, एमालेका केन्द्रीय सदस्य तिलक महत, काँग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, एमाले नवलपुर क्षेत्रका संयोजक रोशनबहादुर गाहा, माओवादी केन्द्रका नवलपुर संयोजक, घनलाल सापकोटा रहेका थिए ।
संविधानमा उल्लेखित सात प्रदेशले नवलपरासी जिल्लालाई बर्दघाट त्रिवेणीदेखि पूर्व नवलपुर र बर्दघाट पश्चिमको क्षेत्रलाई परासी गरी दुई भागमा विभाजन गरेको थियो । जसअन्तर्गत प्रदेश नं ४ र ५ गरी दुई चरणमा दुवै प्रदेशको निर्वाचनसमेत सम्पन्न भइसकेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












