तुलसीपुर उपमहानगरको पहिलो निर्णयः सुत्केरीलाई ५ हजार भत्ता, प्रत्येक वडामा एम्वुलेन्स
तुलसीपुर, २६ असार । तुलसीपुर उपमहानगरपालिकाको पहिलो बैठकले सुत्केरीलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । नवजात शिशुलाई पोषणयुक्त खाना र मातृशिशु मृत्युदर कम गर्नका लागि प्रोत्साहनस्वरुप उक्त रकम दिने निर्णय गरेको हो ।
आगामी साउन १ गते देखि लागु हुने यो कार्यक्रम सरकारी अस्पतालमा सुत्केरी हुने तुलसीपुर उपमहानगरपालिका भरिका महिलालाई दिइने उपमहानगरले जनाएको छ । यसैगरी नागरिकलाई सहजताका लागि प्रत्येक वडामा एम्वुलेन्स सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले स्थानीयलाई सुलभ दरमा एम्वलेन्स सेवाप्रदान गर्नुका साथै वृद्ध र अपाङ्गहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । त्यस्तै उपमहानगरपालिकाका रहेक वडालाई नयाँ संरचनाअनुसार सेवाग्राहीलाई पायक पर्ने ठाउँमा सर्वदलिय सहमतिअनुसार १५ दिनभित्र समायोजन गर्नुपर्ने निर्णय पनि गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय हाजिरीको सुरुवात गर्नुका साथै उपमहानगरपालिका र वडाहरुलाई अपाङ्गमैत्री, बालमैत्री र जेष्ठ नागरिक मैत्रीहरुको सहजताका लागि भौतिक संरचना निर्माण गर्ने समेत निर्णय गरेको छ ।
मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सहज ढँगले सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन अधिकृत, कर्मचारी, सुरक्षाकर्मीका साथै मतदातालाई धन्यवाद ज्ञापन गरिएको थियो ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











