देउवाले संशोधनमा सघाउनुपर्यो भन्दा ओलीले भने, ‘सबै चुनावसम्म केही गर्दैनौं’
काठमाडौं, २७ असार । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक निष्र्कषविहीन भएको छ । बालुवाटारमा बसेको सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको बैठकमा दलहरुले आ आफ्नै अडान कायम राखेका थिए ।
संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव एमालेले ठाडै अस्वीकार गरेपछि बैठकमा सहमति जुट्न सकेन् । बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि विपक्षी एमालेलाई आग्रह गरेका थिए ।
तर, एमालेले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नुपर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताए । एमालेका शीर्ष नेताहरुले नै यसअघि स्थानीय चुनावपछि छलफल गर्न सकिने बताउँदै आएका थिए । तर, मंगलबारको बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र यसबाट छलफल गर्न सकिने भन्दै अहिले संशोधनमा सहमति जनाउन नसक्ने बताए ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प अघि सारेका छन् । प्रचण्डको पहिलो विकल्प दलहरुको सहमतिमै संशोधन प्रस्ताव बनाउने र पास गर्नेछ । त्यस्तै दोस्रो विकल्प अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने, सबैले परिणाम स्वीकार गर्ने, चुनावसम्म तेस्रो संशोधन प्रस्ताव होल्ड गर्ने र राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पुरा गर्ने उनको प्रस्ताव छ । तर, शीर्ष नेताहरुको बैठकमा कुनै सहमति हुन सकेन ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











