अब चक्रपथमा ट्रक र टिप्पर गुड्न नपाउने, गुडाए ट्राफिक प्रहरीले कारवाही गर्ने

काठमाडौं, २७ असार । काठमाडौंको चक्रपथ (रिंगरोड) मा पनि अब ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न नपाउने भएका छन् । सवारी जाम हुने ‘पिक’ समयमा चक्रपथमा ट्रक, टिप्पर र मिनि ट्रक चल्न रोक लगाईने भएको हो । भोली (बुधबार) देखि यो नियम लागू हुनेछ ।
यातायात ब्यवस्था विभागको पहलमा मंगलबार बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा चक्रपथमा ट्रकरटिप्परलाई सवारीलाई प्रवेश र सञ्चालन गर्न नदिने निर्णय गरेको हो । रिंगरोडमा पनि अब यस्ता सवारीले समय सीमा हेरेर मात्रै सवारी सञ्चालन गर्न पाउनेछन् ।
भोलि बुधबारदेखि विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा पनि चल्न नदिइने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । चक्रपथमा अब पिक आवरमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालन गरे ट्राफिक प्रहरीले कारवाही गर्नेछ ।
‘रिंगरोडमै पनि सवारी जामको समस्या उच्च भयो, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायत क्षेत्रमा जाम धेरै बेर हुँदा यात्रुले सास्ती पाए,’ पाण्डेले भने, ‘त्यसैले हामीले जाम हुने मुख्य समयमा ट्रक, टिप्पर, मिनि ट्रकलाई चल्न नदिने निर्णय गर्यौं ।’
रिंगरोडभित्र ट्रक, टिप्पर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने ब्यवस्था पनि कायम राखिएको छ । यो व्यवस्थाले राजधानीमा हुँदै आएको जाम कम हुने सरोकारवालाले विश्वास लिएका छन् । पछिल्लो समय नारायणगढ मुग्लिन सडकखण्डमा रातको समयमा गाडी चल्न नदिँदा त्यसको प्रत्यक्ष असर राजधानीमा परेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












