अन्तरघातमा काँग्रेस: खुमबहादुरका भजित बागी उठ्दा लमही गुम्यो, देउवालाई गृह जिल्लामै धक्का
काठमाडौं, २८ असार । दाङको लमही नगरपालिकामा कांग्रेस उम्मेदवार जोगबहादुर चौधरीविरुद्ध डिल्लीराज खड्का बागी उम्मेदवार बने । खड्काले २३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौधरी एमालेका कुलबहादुर खत्रीसँग १३७ मतले पराजित भए । बागी उम्मेदवार खड्का कांग्रेस नेता खुमबहादुर खड्काका भतिजा हुन् । त्यस्तै, गढवा र शान्तिनगर गाउँपालिकामा पनि बागी उम्मेदवार मैदानमा आए ।
तुल्सीपुर र घोराही उपमहानगरमा पनि कांग्रेसले हार व्यहोर्नुपर्यो । १० तहमध्ये ६ वटामा एमाले र एकमा माओवादीले जित्यो । कांग्रेसले तीन तहमा मात्रै चित्त बुझाउनुपर्यो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले पाँचवटै निर्वाचन क्षेत्रमा भारी मतले जितेको थियो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाका ९ वडामा कांग्रेसका बागी उम्मेदवार खडा भए । मेयरमा कांग्रेस डिल्लीराज जोशी १२८ मतले पराजित भए । वडा नम्बर ४ र ५ मा कांग्रेस वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधा पनि मेयरका उम्मेदवारले पाएनन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
डडेल्धुराकै अजयमेरु गाउँपालिकाको प्रमुखमा कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारको मत झन्डै दोब्बर आयो । कांग्रेसका कमलसिंह भाटले ८७२ मत ल्याउँदा बागी उम्मेदवार लोकराज भट्टले १,५६८ मत ल्याए । यो गाउँपालिकामा माओवादी केन्द्रका उमेश भट्ट विजयी भए ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












