कास्कीको रुपा गाउँपालिकाको बजेट २७ करोड
कास्की, २८ असार । रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि २७ करोड ३५ लाख ७६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाद्वारा मङ्गलबार आयोजित प्रथम गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख नवराज ओझाले गाउँपालिकाको आर्थिक विकास सामाजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरिएको बताउनुभयो ।
गाउँ सभाको उद्घाटन गर्दै व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको राजनीति विकास र समृद्धिका साथै सामाजिक रुपान्तरणका क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउँदै पूर्वाधार विकाससँगै समग्र विकासका योजना साकार बन्ने बताउनुभयो । प्राकृतिक रुपमा उपलव्ध साधनस्रोतलाई पर्यटन लगायतका विविध पक्षसँग जोड्दै रुपा गाउँपालिकालाई समृद्ध बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक हुनेमा उहाँले जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मला सुवेदीले गाउँमा नै स्वरोजगार सिर्जना गरी बढ्दो युवा पलायन रोक्नुपर्ने बताउनुभयो । नेकपा एमाले जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङले कृषि र पर्यटनलाई जोड दिँदै यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न सके आर्थिक समृद्धि र विकासमा अघि बढ्न सकिने बताउनुभयो ।
नेपाली काँग्रेस जिल्ला सदस्य नारायणकुमार श्रेष्ठले विकासमा राजनीति गर्न नहुने बताउँदै विकासका लागि सबै दल सकारात्मक सोचका साथ सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । गाउँ सभाले गाउँपालिकाभित्र सडक योजनालाई पाँचवर्षे योजनाका साथ अघि बढाउने व्यावसायिक कृषिको विकास गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, वन वातावरण, जलाधार संरक्षण लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुङ, कार्यकारी अधिकृत भेषराज आचार्य लगायतले गाउँपालिकाका सम्भावनालाई उजागर गर्दै विकासका मार्गमा उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको थियो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












