गाईको वधमा रोक लगाउने कानुन भारतीय सर्वोच्चद्धारा खारेज, हिन्दुहरुद्धारा अपमानित महशुस
काठमाडौं, २८ असार । भारतीय सर्वोच्च अदालतले बधको लागि बजारमा गाईवस्तु बेच्न रोक लगाउने कानुन खारेज गरेको छ । हिन्दुहरुले पवित्र मान्ने गरेको गाइको बधको लागि बजारमा लैजान रोक लगाउने कानुन सर्वोच्चले खारेज गरेको हो । भारतीय सर्वोच्च अदालतको उक्त निर्णयले आफुहरुको ठूलो अपमान भएको हिन्दु धर्मावलम्बीले आरोप लगाएका छन् ।
वधका लागि बजारमा गाईवस्तु बेच्न रोक लगाउने एउटा कानुन खारेज गरिदिएको हो । भारतका बहुसंख्यक हिन्दुहरु गाईलाई पवित्र मान्छन् र त्यहाँको हिन्दु राष्ट्रवादी सरकारले गाईवस्तुमाथि हुने क्रूर व्यवहार रोक्न भन्दै पछिल्लो कानुन ल्याएको बताउने गरेको छ।
तर भारतीय प्रधानन्यायाधीशले उक्त प्रतिबन्ध राँगा, भैसी, गोरु र ऊँटको हकमा पनि लागू भएको भन्दै त्यसले मासु तथा छाला व्यवसायमा संलग्नहरुका लागि कठिनाइ सिर्जना गरेको बताएका छन्।
सरकारले गत मे महिनामा घोषित कानुन ‘पशुबजारमा अनियन्त्रित र अनुगमनविहीन पशुव्यापार’ रोक्न लक्षित रहेको बताउने गरेको छ। तर सर्वोच्च अदालतले उक्त कानुनले मासु तथा छाला व्यवसाय धराशायी हुने र त्यसले मानिसहरुको जीविकामा असर पार्ने भन्दै उक्त कानुन निलम्बन गर्न आदेश दिएको छ।
मासु तथा छाला व्यवसायमा संलग्नहरु अधिकांश अल्पसंख्यक मुसलमान समुदायका छन् र उनीहरुले उक्त कानूनको व्यापक विरोध गरेका थिए। दक्षिणी राज्य तमिलनाडुस्थित तल्लो अदालतले उक्त कानुन ल्याइएको केही दिनमै, गत मे ३० मा, त्यसको कार्यान्वयनमा रोक लगाइदिएको बीबीसीले उल्लेख गरेको छ । मद्रास उच्च न्यायालयको उक्त अन्तरिम आदेश जुलाई ८ यता निष्क्रिय भएको छ। तर सर्वोच्च अदालतले उक्त न्यायालयको आदेश कायमै रहने र देशभर लागू हुने बताएको छ।
सरकारले अब सो कानुनमा परिवर्तन गरी अगस्ट महिनाको अन्त्यसम्ममा संशोधित विधेयक प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। गाईलाई भारतका बहुसंख्यक हिन्दु समुदायले पवित्र मान्छन्। अधिकांश राज्यमा गाई वध गर्न प्रतिबन्ध लगाइसकिएको छ। तर पछिल्लो सरकारी कानुन अनुसार भैंसी तथा राँगाको वध गर्न पनि प्रतिवन्ध लाग्नसक्थ्यो। विदेशमा ठूलो परिमाणमा राँगाको मासु निर्यात गर्ने मुलुकमा भारत सबैभन्दा माथि छ।
तमिलनाडु राज्यका निवेदनकर्ताहरुले सरकारी प्रतिबन्धले मानिसहरुको आफ्नो इच्छाअनुसार खाने अधिकार हनन भएको तर्क गरेका थिए। मासु विक्रेताहरुलाई समर्थन गरिरहेको ‘मुस्लिम अल इण्डिया जामियातुल कुरेश याक्सन कमिटी’का प्रमुख अब्दुल फहिम कुरेसीले अदालतको पछिल्लो आदेश आफूहरुका लागि जित भएको रोयटर्स समाचार संस्थालाई बताए।
सन् २०१४ मा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीको सरकार बनेपछि कैयौं राज्यले गाईको वधमाथि प्रतिबन्ध लगाएका थिए। पछिल्ला केही घटनामा गाई रक्षाको नाममा गठन भएका भिजिलान्ते समूहले गाई वध गर्न लैजान खोजेको आशंकामा केही मुसलमान पुरुषहरुको हत्या पनि गरेका थिए।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












