ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई भ्रष्टाचार गरेको ठहर गर्दै साँढे नौं वर्ष जेल सजाय
काठमाडौं, २९ असार । ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिओ लुला दि सिल्भालाई साढे ९ वर्ष जेल सजाय सुनाईएको छ । भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो । राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घूषस्वरुप अपार्टमेन्ट लिएको भन्ने आरोपको लुलाले भने अस्वीकार गर्दै आएका छन् ।
सुनुवाई पूर्णतः राजनीतिबाट प्रेरित रहेको भन्दै उनले आफूले कुनै गलत काम नगरेको दावी गरे । उनीमाथि अरु चार मुद्दा अझै सुनुवाई हुने बाँकी रहेको छ । लुलाले सन् २०११ सम्म आठ वर्ष राष्ट्रपतिका रुपमा काम गरेका थिए । आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा विपक्षी वामपन्थी समूह वर्कर्स पार्टीबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएका लुलालाई यस फैसलाले झट्का लागेको छ ।
अदालतले भने गलत ढंगले ठेक्का दिलाउन लुलाले घूष लिएको ठहर गरेको हो । फैसलाविरुद्ध पुनरावेदन गरिने लुलाका वकीलले जनाएका छन् । लुलाको पार्टीले फैसलाविरुद्ध प्रदर्शन गरिने जनाएको छ । लुला ब्राजिलको राजनीतिमा निकै लोकप्रिय नेता मानिन्छन् ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











