नेपालले आतङ्कवादविरुद्ध सात कानुन बनाउन लागेको गृहमन्त्री शर्माको खुलाशा
काठमाडौं, ३० असार । गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । श्रीलङ्काको कोलम्बोमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ बैठकलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचार बढ्दै जाँदा राजनीति, सम्बन्धित संस्था र नेतृत्वमाथि समेत जनताको विश्वास गुम्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँले आतङ्कवाद तथा आपराधिक क्रियाकलापविरुद्ध विश्वभरबाट उच्चतम प्रयास चालिए पनि त्यस्ता समस्याको समाधानमा कठिनाइ उत्पन्न भइरहेको टिप्पणी गर्नुभयो । आतङ्कवादविरुद्ध नेपालले महत्वपूर्ण सात कानुन बनाउन लागेको जानकारी मन्त्री शर्माले बैठकमा दिनुभयो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सम्बोधन गर्न पुनरवलोकन समिति समेत गठन भएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम अगाडि बढेको जानकारी दिनुभयो । अहिलेको विकास र समृद्धिको दिशामा विद्युतीय अपराध ठूलो चुनौती बनिरहेको गृहमन्त्री शर्माको भनाइ छ । दुईदिने कार्यक्रममा सहभागी भई गृहमन्त्री शर्मा, मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दीपक काफ्ले शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












