ताजा समाचार

मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला आक्रमण हुँदा ११ जनाको मृत्यु

काठमाडौं, ३० असार । मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागीमाथि बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका आक्रमण गरेका थिए । मेक्सिकोमा लागु औषध कारोबार गर्ने समूहका कारण हिंसात्मक घटना बढ्दै गएको छ । गएको मे महिनामा मात्रै मेक्सिकोमा २ हजार १ सय ८६ जनाको हत्या भएको तथ्याङ रहेको बिबिसीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org