ब्राजिलियन महिला नेतृको बिहेमा बामपन्थी प्रदर्शनकारीद्धारा अण्डा आक्रमण
काठमाडौं, १ साउन । ब्राजिलकी एक महिला नेतृको विवाह समारोहमा अण्डा आक्रमण भएको छ । २५ वर्षीया मारिया भिक्टोरियाको बिबाह समारोहमा बामपन्थी प्रदर्शनकारीले अण्डा आक्रमण गरेको आरोप लागेको छ । ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य रहेकी भिक्टोरियाका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् ।
राष्ट्रपतिलाई उनको परिवारले गरेको समर्थनका कारण बामपन्थी प्रदर्शनकारीले उनको विवाहका क्रममा अवरोधको प्रयार गरेको मारियाको दावी । शुक्रबार जिस चर्चमा मारियाको विवाह भइरहँदा चर्च बाहिर सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए ।
प्रदर्शनकारीले त्यहाँ अण्डाले आक्रमण गरेका थिए, जसका कारण मारियालाई सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठाइएको थियो ।
मारियाको विवाहमा उनका पिता रिकार्डो ब्यारोेस, पाराना राज्यको उप गभर्नर रहिसकेकी उनकी आमा लगायत ब्राजिली राजनीतिका थुप्रै हस्तीहरुको उपस्थिति थियो । यस विवाहका लागि ब्राजिली कांग्रेसका कम्तिमा ३० सदस्य पारानाको राजधानी क्युरिटिवा आउने बताइएको थियो ।
प्रदर्शनकारीले त्यहाँ सरकारबिरोधी नारा लगाएका थिए मारियालाई सरकारको फेरवदलमा सहयोगी भूमिका खेलेको आरोप पनि प्रदर्शनकारीले लगाएका थिए । नव दम्पती र उनका पाहुनाहरुलाई सुरक्षित स्थानमा लानका लागि अन्तिममा दंगा नियन्त्रण पुलिसलाई बोलाइएको थियो ।
पारानाको गभर्नरका लागि मारियाकी आमा सिडा बोरगेटीले हालै चुनाव लड्ने घोषणा गरेकी छन् र यसका लागि उनलाई बामपन्थी पार्टी र युनियनले फण्ड दिएका छन् । मारियाको दावी यो छ कि प्रदर्शन यसै कारणले भएको थियो । साथै उनले भनिन्, ‘यो लोकतन्त्रको मान्यता हो ।’
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












