भूकम्पपीडितले गोलाप्रथा मार्फत पाएको ट्याक्सी एक घण्टामै बेचे
काठमाडौं, २ साउन । भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन्। गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन्।
यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन् । आजको गोरखापत्रमा खबर छ।
यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो। यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन्। जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ।
भूकम्प पीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ। बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौँ बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन्। घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ। उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ।
यातायात व्यवस्था विभागका निर्देशक तथा साना ठूला सवारी प्रमुख वसन्त अधिकारीले ट्याक्सी नम्बर पाउना साथ बेच्ने गरेको बताए। उनले भने, ‘दर्ता गरिसकेपछि त्यो उनीहरूको सम्पत्ति हो, उनीहरूले जे गर्न पनि पाए, नबेचे हुने थियो भन्ने हाम्रो भनाइ हो, तर आफ्नो नाममा दर्ता गर्छन् उही दिन बेच्छन्।’ उनका अनुसार अधिकांशले नाफा कमाएर बेचिरहेका छन्। सोही व्यवसायमा संलग्न व्यवसायी तथा लगानीकर्ताहरूले ती ट्याक्सीहरू किनिरहेका छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












