दक्षिण सुडानमा मलेरियाको माहामारी, करिब दुई हजार व्यक्तिको मृत्यु
सुडान, २ साउन । दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए) ले एक प्रतिवेदन जारी गर्दै ओसिएचएले “मलेरियाका कारण दक्षिण सुडानमा एक हजार ९५६ जनाको ज्यान गएका,” जानकारी गराएको छ।
प्रतिवेदनमा यस बर्षको जनवरीपछि अहिलेसम्म नौ लाख अठ्ठाइस हजार १४१ विरामीमा मलेरियाको नमूना भेटिएको जनाइएको छ।लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको महामारी बर्षा ऋतुसँगै थप भयावह हुने ओसिएचएले सचेत गराएको छ।
सन् २०१७ मा दक्षिण सुडानमा देखिएका सम्पूर्ण रोगका कारण मृत्यु हुनेको सङ्ख्या र मलेरियाको कारण मृत्यु हुनेको सङ्ख्याको तुलना गर्दा मलेरियाका कारण मृत्यु हुनेको सङ्ख्या ७६.९ प्रतिशत रहेको राष्ट्रसङ्घले जनाएको छ। राज्यको अवैलदेखि उत्तरी क्षेत्र, गाग्रियलदेखि पश्चिमी क्षेत्र, जुवा, माबान, टोरिट र वाउ क्षेत्र मलेरियाका कारण सवैभन्दा बढी प्रभावित क्षेत्र भएको पनि राष्ट्रसङ्को तथ्याङ्क छ।
अचल पानीमा लामखुट्टेले फुलपार्ने भएकाले मध्य बर्षको बर्षायाममा लामखुट्टे बढी लाग्ने र गरिबीबाट पीडित सुडानी जनतामा यसको भयावह असर देखिने भन्दै यसमा सचेतना अपनाउन सम्वन्धित सवैमा राष्ट्रसङ्घले आग्रह गरेको हो।
मलेरियाको महामारीपछि दक्षिण सुडानमा रोकथामका लागि स्वास्थ्य संगठनले झुल, औषधि, तथा लामखुट्टे मार्ने विषादीको प्रयोग गर्दै नियन्त्रण प्रयास भने अभियानका रूपमा जारी राखेका जनाइएको छ। रासस
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












