राप्रपा विवादः राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार, हार्नुको कारण खोजिदै
काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् । अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी नभएको आजको नयाँ पत्रिकामा खबर छ । अनुपस्थित नेताहरूले आजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने तयारी गरिरहेको बताइन्छ ।
क–कसले गरे बहिष्कार ?
कार्यसम्पादन समिति बैठक बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणासम्म छन् । पार्टीमा चन्द वरिष्ठ नेता र मेयर राणा महामन्त्री हुन् । त्यस्तै, कार्यसम्पादन समिति सदस्यहरू हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर र हेमजंग गुरुङ गरी सात सदस्य अनुपस्थित भएको धुम्बाराही स्रोतले बतायो । राप्रपाको कार्यसम्पादन समिति १७ सदस्यीय छ । बहिष्कार गर्नेमा सबै राणापक्षीय नेता छन् ।
आफ्ना बाबु वरिष्ठ नेता चन्द बैठकमा अनुपस्थित रहे पनि राप्रपा महामन्त्री जयन्त चन्द भने सहभागी भए । पार्टीको सचिवालय हेर्ने महामन्त्री चन्दले बैठकमा भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने
पदाधिकारी र कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका नेता पशुपतिशमशेर राणाले बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने भएका छन् । ‘अध्यक्षले पार्टी एकीकरणको मूल मर्म लत्याउँदै एकलौटी निर्णय गर्दै हिँड्ने, त्यसको साक्षी बस्न केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य छैन,’ राणाले भने ‘म उपस्थित हुन्न ।’ राणा अनुपस्थित हुने भएपछि उनी पक्षीय नेताहरू पनि नजाने भएका छन् ।
के–के तय भए केन्द्रीय समितिका एजेन्डा ?
राणा पक्षीय नेताहरू अनुपस्थित कार्यसम्पादन समिति बैठकले बहुमतले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदन बुधबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, महामन्त्री जयन्त चन्दले भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन र अर्का महामन्त्री धु्रबबहादुर प्रधानले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । सबै प्रतिवेदन सर्वसम्मतिबाट पारित गरी केन्द्रीय कार्यसमितिको एजेन्डा बनाएर पेस गर्ने निर्णय बैठकले गरेको उपाध्यक्ष तामाङले बताए ।
राप्रपा हार्नुको कारण के छ प्रतिवेदनमा ?
संसद्को चौथो ठूलो दल राप्रपाले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एउटा मात्रै गाउँपालिका प्रमुख जितेपछि हारको कारण पत्ता लगाउन महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति बनाएको थियो । प्रधानले मंगलबारको कार्यसम्पादन समिति बैठकमा प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा पार्टी आफ्ना प्रायः एजेन्डामा अस्पष्ट भएकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएको उल्लेख छ ।
संयोजक प्रधानका अनुसार पार्टी एकीकरण र एकता महाधिवेशनमा जुट्नु परेकाले कार्यकर्ता र जनतालाई स्पष्ट एजेन्डा बुझाउन नसक्नु, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दलका सांसदहरूको नेतृत्वमा लगाइएको महाअभियोग प्रस्तावको विरोध गर्दै हतारमा सरकारबाट बाहिरिनु हारको कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तह निर्वाचनको सान्निध्यमा सरकारमा सहभागी हुने र तत्काल सरकारबाट बाहिरिनुको कारण जनतालाई बुझाउन नसक्दा पराजयको कारणका रूपमा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, स्थानीय तहमा उम्मेदवार चयन गर्ने क्रममा आर्थिक रूपले सम्पन्न व्यक्ति नखोजी पार्टीमा क्रियाशील व्यक्तिलाईं खोज्नु र पार्टीले आर्थिक सपोर्ट गर्न नसक्नु पनि हारको कारण औँल्याइएको छ । राजसंस्था र हिन्दू धर्मको वकालत गरे पनि आवश्यकता के हो भन्ने बुझाउन नसक्नुु, युरोपियन र अमेरिकालगायतका मुलुकले आइएनजिओ प्रयोग गरी हराउन लगाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












