राप्रपा विवादः राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार, हार्नुको कारण खोजिदै
काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् । अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी नभएको आजको नयाँ पत्रिकामा खबर छ । अनुपस्थित नेताहरूले आजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने तयारी गरिरहेको बताइन्छ ।
क–कसले गरे बहिष्कार ?
कार्यसम्पादन समिति बैठक बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणासम्म छन् । पार्टीमा चन्द वरिष्ठ नेता र मेयर राणा महामन्त्री हुन् । त्यस्तै, कार्यसम्पादन समिति सदस्यहरू हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर र हेमजंग गुरुङ गरी सात सदस्य अनुपस्थित भएको धुम्बाराही स्रोतले बतायो । राप्रपाको कार्यसम्पादन समिति १७ सदस्यीय छ । बहिष्कार गर्नेमा सबै राणापक्षीय नेता छन् ।
आफ्ना बाबु वरिष्ठ नेता चन्द बैठकमा अनुपस्थित रहे पनि राप्रपा महामन्त्री जयन्त चन्द भने सहभागी भए । पार्टीको सचिवालय हेर्ने महामन्त्री चन्दले बैठकमा भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने
पदाधिकारी र कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका नेता पशुपतिशमशेर राणाले बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने भएका छन् । ‘अध्यक्षले पार्टी एकीकरणको मूल मर्म लत्याउँदै एकलौटी निर्णय गर्दै हिँड्ने, त्यसको साक्षी बस्न केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य छैन,’ राणाले भने ‘म उपस्थित हुन्न ।’ राणा अनुपस्थित हुने भएपछि उनी पक्षीय नेताहरू पनि नजाने भएका छन् ।
के–के तय भए केन्द्रीय समितिका एजेन्डा ?
राणा पक्षीय नेताहरू अनुपस्थित कार्यसम्पादन समिति बैठकले बहुमतले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदन बुधबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, महामन्त्री जयन्त चन्दले भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन र अर्का महामन्त्री धु्रबबहादुर प्रधानले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । सबै प्रतिवेदन सर्वसम्मतिबाट पारित गरी केन्द्रीय कार्यसमितिको एजेन्डा बनाएर पेस गर्ने निर्णय बैठकले गरेको उपाध्यक्ष तामाङले बताए ।
राप्रपा हार्नुको कारण के छ प्रतिवेदनमा ?
संसद्को चौथो ठूलो दल राप्रपाले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एउटा मात्रै गाउँपालिका प्रमुख जितेपछि हारको कारण पत्ता लगाउन महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति बनाएको थियो । प्रधानले मंगलबारको कार्यसम्पादन समिति बैठकमा प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा पार्टी आफ्ना प्रायः एजेन्डामा अस्पष्ट भएकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएको उल्लेख छ ।
संयोजक प्रधानका अनुसार पार्टी एकीकरण र एकता महाधिवेशनमा जुट्नु परेकाले कार्यकर्ता र जनतालाई स्पष्ट एजेन्डा बुझाउन नसक्नु, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दलका सांसदहरूको नेतृत्वमा लगाइएको महाअभियोग प्रस्तावको विरोध गर्दै हतारमा सरकारबाट बाहिरिनु हारको कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तह निर्वाचनको सान्निध्यमा सरकारमा सहभागी हुने र तत्काल सरकारबाट बाहिरिनुको कारण जनतालाई बुझाउन नसक्दा पराजयको कारणका रूपमा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, स्थानीय तहमा उम्मेदवार चयन गर्ने क्रममा आर्थिक रूपले सम्पन्न व्यक्ति नखोजी पार्टीमा क्रियाशील व्यक्तिलाईं खोज्नु र पार्टीले आर्थिक सपोर्ट गर्न नसक्नु पनि हारको कारण औँल्याइएको छ । राजसंस्था र हिन्दू धर्मको वकालत गरे पनि आवश्यकता के हो भन्ने बुझाउन नसक्नुु, युरोपियन र अमेरिकालगायतका मुलुकले आइएनजिओ प्रयोग गरी हराउन लगाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












