राजपालाई देउवाको बचन, ‘ढुक्क हुनुहोस् ! संविधान संशोधन बाहेकका माग तीन दिनमा सम्बोधन गर्छु’
काठमाडौं, ४ साउन । संविधान संशोधन बाहेकका मागहरु तीन दिनमा सम्बोधन गरिने सत्तारुढ दलले राजपालाई आश्वासन दिएका छन् । संविधान संशोधनको माग तत्काल सम्बोधन गर्न नसकिने भन्दै सत्तारुढ दलहरुले अन्य मागहरु तीन दिनभित्रमा सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।
बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत दल राजपाका शीर्ष नेताहरुबीच भएको बैठकमा यस्तो आश्वासन दिएका हुन् । बैठकमा सरकारले निर्वाचनको वातावरण बनाउन तत्काल आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
सत्तारुढ दलहरुले एक दुई दिनमै मन्त्रिपरिषद् बैठक बोलाएर आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्ने, घाईतेको निःशुल्क उपचार र पक्राउ परेकाहरुको मुद्धा फिर्ता लिने प्रतिवद्धता जनाएको बैठकमा सहभागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘राजपाको अहिले माग निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने हो, हामीले संविधान संशोधनबाहेक माग तीन दिनभित्रै सम्बोधन गर्छा भनेका छौ’ । उनले भने ।
संविधान संशोधनबारे सामान्य छलफल भएपनि पहिला अरु माग पुरा गरेपछि थप छलफल गर्ने गरी बैठक टुंगिएको श्रेष्ठले बताए । राजपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना मागको सम्बोधन गर्ने प्रतिवद्धता जनाएको बताए । ‘सरकारले माग सम्बोधन गर्छु भनेको छ, हामी केही दिन हेर्छौ’ । उनले भने ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












