राजपालाई देउवाको बचन, ‘ढुक्क हुनुहोस् ! संविधान संशोधन बाहेकका माग तीन दिनमा सम्बोधन गर्छु’
काठमाडौं, ४ साउन । संविधान संशोधन बाहेकका मागहरु तीन दिनमा सम्बोधन गरिने सत्तारुढ दलले राजपालाई आश्वासन दिएका छन् । संविधान संशोधनको माग तत्काल सम्बोधन गर्न नसकिने भन्दै सत्तारुढ दलहरुले अन्य मागहरु तीन दिनभित्रमा सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।
बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत दल राजपाका शीर्ष नेताहरुबीच भएको बैठकमा यस्तो आश्वासन दिएका हुन् । बैठकमा सरकारले निर्वाचनको वातावरण बनाउन तत्काल आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
सत्तारुढ दलहरुले एक दुई दिनमै मन्त्रिपरिषद् बैठक बोलाएर आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्ने, घाईतेको निःशुल्क उपचार र पक्राउ परेकाहरुको मुद्धा फिर्ता लिने प्रतिवद्धता जनाएको बैठकमा सहभागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘राजपाको अहिले माग निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने हो, हामीले संविधान संशोधनबाहेक माग तीन दिनभित्रै सम्बोधन गर्छा भनेका छौ’ । उनले भने ।
संविधान संशोधनबारे सामान्य छलफल भएपनि पहिला अरु माग पुरा गरेपछि थप छलफल गर्ने गरी बैठक टुंगिएको श्रेष्ठले बताए । राजपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना मागको सम्बोधन गर्ने प्रतिवद्धता जनाएको बताए । ‘सरकारले माग सम्बोधन गर्छु भनेको छ, हामी केही दिन हेर्छौ’ । उनले भने ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












