काँग्रेस बैठकमा देउवा र पौडेललाई भारतीय नांगा बाबा भनेपछि…
काठमाडौं, ८ साउन । कांग्रेस केन्द्रीय समिति बैठकमा रोचक पक्ष देखिएको छ। बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका लागि भारत जाँदा बाबाका रक्षकले ढोग्न नदिएको, तर पैसा दिएपछि पुनः ढोग्न दिएको कथा भने ।
भक्तजनसँग यसरी पैसा लिन थालेपछि मानिस दर्शनका लागि जान छोड्दा बाबा तथा उनका रक्षक दुवैको आर्थिक स्रोत सुकेको भन्दै देउवा र पौडेललाई सचेत गराए । ‘तपार्इंहरू दुईजना बाबाजस्तै हुनुहुन्छ । तपाईंहरूको दर्शन गर्न जाँदा दर्शन गराइदिन्छु भन्दै परिक्रमा गर्नेहरू पनि छन्, तपाईंहरू पनि त्यस्तै बाबा बन्नबाट बच्नुहोला,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
भीष्मराजले भने, नांगेझार पारिदिनुभयो
केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले टिकट लिन बोलाएर नेताहरूले नांगेझार बनाइदिएको आरोप लगाए । ‘टिकट लिन बोलाउनुभयो, तर अन्तिम अवस्थामा टिकट दिएर नांगेझार पारिदिनुभयो,’ उनले भने, ‘कम्तीमा सर्ट र पाइन्ट लगाउने समय त दिनुपथ्र्यो । अन्तिममा टिकट दिएर नांगेझार पारिदिनुभयो । ढिला हुँदा चुनाव पनि हार्ने अवस्था आयो ।’ मीनले भने, ‘५० मिनेटको निर्णयले पाँच वर्ष गुम्यो ।’
केन्द्रीय सदस्य मीन विश्वकर्माले ५० मिनेटमा टिकट दिने निर्णयले जितेर पाँच वर्षसम्म शासन गर्ने अवसर छिनिदिएको आरोप लगाए । ‘मलाई सम्झाउन फलानालाई टिकट दिन्छु भन्नुभयो, तर ५० मिनेटको समयमा निर्णय गरेर टिकट दिँदा पाँच वर्षसम्म शासन गर्ने उम्मेदवार जिताउन नसक्ने अवस्था आयो,’ उनले भने ।
महाराज भन्न सक्दैनौँः धनराज
तपाईंहरू हात्ती चढ्दै हिँड्ने महाराज र हामी त्यसको पछाडि फोहोरमा हिँड्नेजस्ता हुन पुग्यौँ । अब हामी राणाकालमा जस्तो महाराज सबै कुरा ठीक भन्न सक्दैनौँ ।
प्रधानमन्त्रीज्यू सुरक्षाका लागि निवेदन दिऊँः बलबहादुर केसी
केन्द्रीय सदस्य बलहादुर केसीले सोलुखुम्बू जिल्लामा आफ्नो ज्यानलाई असुरक्षा बढेको भन्दै चिन्ता जनाए । ‘जिल्लामा मेरो ज्यानको असुरक्षा छ । मेरो सुरक्षाका लागि प्रधानमन्त्रीलाई निवेदन दिऊँ कि के गरौँ ?’ केसीले भने, ‘म एउटा सांसद सुरक्षित हुन पाउँछु कि पाउँदिनँ ?’
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












