सांसद अर्याल र पूर्वसांसद माझीमाथि अन्तर्घातको आरोप, कारवाही गर्न देउवालाई दबाब
विराटनगर, १० साउन । नेपाली कांग्रेसका सांसद अमृत अर्याल र पूर्वसांसद वीरेन्द्र माझीमाथि कारवाही गर्न माग गरिएको छ । स्थानीय तह चुनावमा आफ्ना पार्टीका उम्मेदवार हराउन षडयन्त्र गरेको आरोपमा उनीहरुलाई कारबाही गर्न पार्टी सभापति शेरबहादुर देउवामथि दबाव परेको छ । असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन लागेको प्रमाण भेटिएको भन्दै मोरङका आधा दर्जन युवा कार्यकर्ताले पार्टी सभापति देउवासमक्ष मौखिक उजुरी गरेका छन् ।
विराटनगरबाट गएको युवाहरूको एक टोलीले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा, महामन्त्री डा. शशांक कोइरालालगायतका नेतालाई भेटेर चुनावमा भएको अन्तर्घात र असहयोगबारे जानकारी गराएका हुन् । उनीहरूले त्यस्ता नेताहरूबारे छानविन गरी कारबाही गर्न माग गरेका छन् ।
अर्यालले विराटनगर महानगरलगायत आफ्नो प्रभाव क्षेत्र मोरङ ५ र माझीले बुढीगंगा गाउँपालिकामा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप छ । विराटनगरमा नगरप्रमुख र उपप्रमुखसहित आधादर्जन वडा कांग्रेसले जितेको छ । तर अर्यालको चुनावी क्षेत्र अन्तर्गत पर्ने महानगरका धेरै जसो वडामा कांग्रेसले हारेको थियो । ती क्षेत्रका वडामा संघीय समाजवादी फोरमले जितेको थियो । कांग्रेसको पकडक्षेत्र मानिएको मोरङको बुढीगंगा गाउँपालिकामा लोकतान्त्रिक फोरमले जितेको थियो ।
स्थानीय तहको निर्वाचनमा युवालाई उम्मेदवार बनाइनुपर्ने अभियानको नेतृत्व गरेका नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हरि भट्टराईले सांसद अमृत अर्यालले विराटनगर महानगरको चुनावमा पार्टीका उम्मेदवार हराउन लागेको प्रमाण फेला परेको बताए । ‘नगर प्रमुखको उम्मेदवारको मुख्य दावेदारका रूपमा अन्तिम समयसम्म प्रस्तुत भएका अर्यालले टिकट नपाएपछि आफ्नो चुनावी क्षेत्रमा मतदातालाई भड्काउन खोजेको कुरा हामीले पार्टी नेतृत्वलाई जानकारी गराएका छौं’ -भट्टराईले भने । उनले त्यस्ता नेताहरूलाइ कारबाही नगरि पुरस्कृत गरे पार्टीमा अराजकता बढ्नेतर्फ सचेत हुन नेतृत्वलाई सुझाव दिएको बताए । जवाफमा देउवाले त्यसबारे बुझेर अघि बढ्ने बताएका थिए ।
चुनावमा पार्टीका उम्मेदवारलाई नसघाएको आरोप लागेका सांसद अर्याल पार्टीको केन्द्रीय सदस्य र मन्त्री बन्ने दौडमा छन् । सांसद अर्यालको असहयोगका बाबजुद पनि नगरप्रमुखमा भीम पराजुली र उपप्रमुखमा इन्दिरा कार्की अत्यधिक मतान्तरले विजयी भएको कतिपयले नेता तथा कार्यकर्ताको भनाइ छ ।
मत परिणाम सार्वजनिक भएपछिको विजयोत्सवमा सांसद अर्यालको सक्रिय सहभागिता देखिएन । उनी पार्टीका नेता बिमलेन्द्र निधीसँग विराटनगरको ट्राफिकचोक नजिक विजय र्यालीमा सहभागी भए र केही बेरपछि उनीसँगै काठमाडौं फर्किएका थिए । विराटनगरमा केही कांग्रेस कार्यकर्ताले अर्याललाई कालोमोसो दल्ने हल्ला फैल्याएपछि उनी सुरक्षित तवरमा केही समय र्यालीमा सहभागी भएर फर्किएको बताइएको छ ।
मोरङको रंगेली, बेलबारी, पथरी शनिश्चरे नगरपालिकामा लगायतका ठाउँमा भएको पराजयमा कांग्रेसकै अन्तर्घात मुख्य कारण रहेको भन्दै त्यसबारे पनि छानविन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












