जग्गा प्राप्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान नसक्दा बाहिरी चक्रपथको निर्माण कार्य रोकियो
काठमाडौं, ११ साउन । बाहिरी चक्रपथअन्तगर्तको सतुंगल–चोभार सडकखण्डमा जग्गा प्राप्तिको समस्या टुंगो लाग्न नसक्दा निर्माण कार्य अलपत्र परेको छ । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्तिका लागि अझै मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सकेको छैन । जग्गा प्राप्ति गर्न मन्त्रिपरिषद्ले निर्णय नगरुञ्जेलसम्म सो सडकखण्ड निर्माणको काम रोकिने भएको आजको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी विकास मन्त्रालयकै उदासीनताका कारण बाहिरी चक्रपथअन्तर्गत सतुंगल–चोभार सडकखण्डको निर्माण कार्य रोकिन पुगेको जनाएको छ । जग्गा प्राप्तिको निर्णय गराइपाऊँ भन्दै प्राधिकरणले एक महिनाअघि नै मन्त्रालयमा निवेदनसहितको फाइल पेस गरेको थियो । तर, पटक–पटकको अनुरोधपछि पनि मन्त्रालयले सो फाइल मन्त्रिपरिषद् बैठकमा पेस गर्न सकेको छैन ।
प्राधिकरणका सूचना अधिकृत ध्रुव सापकोटाले जग्गा प्राप्तिसम्बन्धी निर्णय नभएकाले सतुंलग–चोभार सडकखण्डको निर्माण कार्य रोकिन पुगेको बताए । ‘सतुंगल–चोभार क्षेत्रमा ल्यान्डपुलिङ गर्न आवश्यक छ । त्यसका लागि मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । चाँडो निर्णय होस् भनेर प्राधिकरणले सबै फाइल मन्त्रालयमा पेस गरिसकेको छ । तर, मन्त्रालयले फाइल अघि बढाउन सकेको देखिएन,’ उनले भने ।
जग्गा प्राप्ति गर्न स्थानीयको स्वीकृति
प्राधिकरणले पहिलो चरणअन्तर्गत सतुंलगलदेखि चोभारसम्मको ६.७ किमि सडक निर्माण गर्ने तयारी गरेको छ । ल्यान्डपुलिङमार्फत जग्गा प्राप्त गरी सडक निर्माण गर्ने प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणले सो क्षेत्रका स्थानीयसँग आवश्यक स्वीकृत लिइसकेको छ । स्थानीयबाट कुनै अवरोध नआएपछि प्राधिकरण सडक विस्तार कार्यमा अघि बढेको हो ।
प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले सडक विस्तार गर्न लागिएको क्षेत्रमा कुनै अवरोध नभएको बताए । ‘पहिलो चरणमा सतुंगल–चोभार खण्ड निर्माण गर्ने तयारी छ । यसका लागि १० हजारभन्दा धेरै स्थानीयसँग प्राधिकरणले सुझाब र सल्लाह लिइसकेको छ । कतैबाट पनि अवरोध आएन । तर, जग्गा प्राप्तिको निर्णय हुन नसक्दा काम रोकिन पुगेको छ,’ उनले भने ।
सडकको केन्द्रबाट दायाँ–बायाँ दुई सय ५० मिटर जग्गा लिइने
प्राधिकरणका अनुसार बाहिरी चक्रपथ निर्माणका लागि प्राधिकरणले सडकको केन्द्रबाट दायाँ–बायाँ दुई सय ५० मिटर जग्गा ल्यान्डपुलिङमार्फत लिनेछ । सडक भने ५० मिटर चौडाको बनाइने छ । लिइएका जग्गामा प्राधिकरणले आवश्यक सबै भौतिक संरचना निर्माण गर्नेछ । त्यसपछि सो जग्गा सम्बन्धित जग्गाधनीलाई नै फिर्ता गरिदिनेछ । यसो गरिँदा सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्नुपर्दैन र अधिग्रहणबापत सरकारले जग्गाधनीलाई मुआब्जाबापतको रकम पनि दिनुपर्दैन । प्राधिकरणका अनुसार बाहिरी चक्रपथको कुल लम्बाइ ७२.६ किमि निर्धारण गरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












