भारतमा २ हजार रुपैयाँको नयाँ नोटको छपाई बन्द, कारण यस्तो छ
काठमाडौं, ११ साउन । भारतमा २ हजार दरका नयाँ नोट छपाईको काम बन्द भएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले २ हजार रुपैयाँको नयाँ नोट छाप्न बन्द गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार करिब पाँच महिनाअघिदेखि बैंकले २ हजार रुपैयाँको नयाँ नोट छाप्न बन्द गरेको हो । बैंकले यसको साटो साना मूल्यका नोटहरु छाप्नमा ध्यान केन्द्रीत गरेको छ । जसमा नयाँ २ सयका नोटहरु छन् ।
नाम नबताउने सर्तमा केन्द्रीय बैंकका अधिकारीहरुले यो आर्थिक वर्ष अब २ हजार रुपैयाँका नयाँ नोटहरु नछाप्ने पनि बताए । नोटबन्दीपछि जनता आक्रान्त बनेपछि भारत सरकारले ठूलो मात्रामा २ हजारका नोट छापेको थियो । तर, साना नोटहरु त्यो अनुपातमा उपलब्ध नहुँदा उक्त नोट साट्न सर्वसाधारणलाई अप्ठ्यारो परेको थियो । सो दुरी घटाउनका लागि आरबीआईले साना मूल्यका नोटहरु छाप्ने रणनीति अख्तियार गरेको बताइएको छ ।
भारतले ३ अर्ब ७० करोड वटा २ हजारका नोटहरु छापेको थियो । यसले बजारबाट फिर्ता आएका ६ अर्ब ३० करोडवटा १ हजारको नोटलाई पूर्ती गरेको थियो । ‘नयाँ नोटहरुको छपाई लगभग पूरा भएको छ । ९० प्रतिशत जति नयाँ ५ सयका नोट छन् । अहिले १४ अर्बवटा ५ सयका नयाँ नोट छापिएका छन्,’ एक अधिकारीले बताए । छापिएका नयाँ नोट बजार भने हालसम्म पठाइएको छैन ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












