साझा पार्टी र विवेकशील पार्टीबीच एकता घोषणा, ३४ सदस्यीय केन्द्रीय समिति बन्यो
काठमाडौं, ११ साउन । साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच एकीकरण भएको छ । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच आज एकीकरण भएको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ ।
नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ । नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने एकीकृत पार्टीले जनाएको छ ।
त्यस्तै दुवै पार्टीबाट ४–४ जनाको संयोजन समिति समेत गठन गरिएको छ । जसको सहसंयोजकमा रविन्द्र मिश्र र उज्जवल थापा रहेका छन् । नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा, अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् । चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












