मुग्लिन–नारायणगढ सडकको विकल्प खोज्दै सरकार, त्रिशूलीपारी तिरै–तिर दुई लेनको सडक
काठमाडौं, १२ साउन । सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्प अघि सारेको छ । मुग्लिन–नारायणगढ सडक दिनप्रतिदिन पहिरो तथा जामको समस्याले गस्रित हुनथालेपछि सरकारले अर्को सडक बनाउने योजना अघि सारेको छ । मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न लागेको छ । मुग्लिन पारि त्रिशुलीको तिरै–तिरका क्षेत्रलाई समेटेर सडक बनाउन एसियाली विकास बैंक (एडीबी) अन्तरगतको सडक आयोजना निर्देशनालयले तयारी थालेको हो ।
सम्भाब्यता अध्ययनका लागि परामर्शदाता छान्न टेण्डर भइसकेको आयोजनाका निर्देशक केशवकुमार शर्माले जानकारी दिए । अबको एक वर्षभित्र सम्भाब्यता अध्ययन सक्ने र उचित देखिए विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सुरु गरिने सरकारको योजना रहेको शर्माले बताए । वैकल्पिक सडक परियोजनामा लगानी गर्न एडीबीले इच्छा देखाएको छ । योजनाअनुसार मुग्लिन पारि त्रिशुली तिरमा झण्डै २५ किलोमिटर सडक बन्ने छ । यो सडक दुई लेनको हुनेछ ।
मुग्लिन–नारायणगढ सडकखण्ड ९ मिटरको बनाउँदा अहिले त केही सहज हुन्छ । तर, भोलिका दिन सवारीको चाप थेग्न नसक्ने र सुविधायुक्त यातायात सेवा प्रभावित हुने सरकारले निश्कर्ष निकाल्दै अर्को विकल्प अघि सारेको हो ।
सडकको निर्माण गर्न कति लागत लाग्छ भन्ने डीपीआरपछि मात्रै टुंगिनेछ । डीपीआरपछि ट्रयाक खोल्ने र त्यसपछि केही वर्षभित्रै कालोपत्रे गरेर सडक सञ्चालन गरिनेछ । मुग्लिन–नारायणगढ सडकखण्डमा जाम तथा काठमाडौं आउने सडकलाई साँघुरो अवस्थामा सञ्चालन गर्न नसकिने भएपछि सरकारले त्रिसुली पारीको तिरैतिरमा सडक बनाउने योजना अघि बढाएको आयोजनाका निर्देशक शर्माले बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












