प्रधानमन्त्री देउवा २२ वर्ष पुरानो हिसाब खोज्न भारत भ्रमणको तयारीमा
काठमाडौं, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ । ‘यसपटकको भ्रमणमा उहाँ प्रधानमन्त्री भएर भारत जाँदा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिने उहाँको इच्छा छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पञ्चेश्वर, सुदूरपश्चिममा टेक्निकल इन्स्टिच्युट स्थापनालगायतको कार्यान्वयनका विषयमा तयारी गर्न सम्बन्धित अधिकारीलाई उहाँले निर्देशन दिइसक्नुभएको छ ।’
भ्रमणमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न परराष्ट्र सचिव शंकरदास बैरागीले सरोकारवाला मन्त्रालयसँग समन्वय गरिरहेका छन् । साउन अन्तिम सातादेखि भदौ पहिलो सातामा भ्रमण हुने भनिए पनि मिति तय भइनसकेको परराष्ट्र स्रोतले बतायो ।
‘विगतका सम्झौता कार्यान्वयन र नयाँ सम्भावनाबारे प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्ने गरी तयारी भइरहेको छ, अहिले कुनै पनि विषय टुंगिएको अवस्था छैन,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको भ्रमण र दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा भएका छलफलमा उत्पन्न नीतिगत समस्या समाधानमा पनि यसपटकको भ्रमण केन्द्रित हुने सम्बद्ध स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












