ट्राफिक जामको समस्या व्यवस्थापन गर्न लगनखेल बसपार्क आजदेखि बसस्टपमा परिणत
ललितपुर, १५ साउन । ललितपुरको लगनखेलमा रहेको बसपार्क आजदेखि बसस्टपमा परिणत भएको छ । ट्राफिक जामको समस्या व्यवस्थापन गर्न आज (आइतबार) देखि बसस्टपमा परिणत गरिएको हो । अब लगनखेलमा एउटा रुटमा दुईवटा बस मात्र बस्न पाउने ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले जानकारी दिए । ‘दुईवटा गाडी मात्र लगनखेलमा हुँदा यात्रुले बाटोमा धेरैबेर गाडी कुर्नुपर्दैन’ उनले भने, ‘यसले यात्रुलाई आवतजावगत गर्न सजिलो हुनुका साथै ट्राफिक जामको समस्या पनि कम हुन्छ ।’
यसअघि लगनखेल बसपार्कमा ललितपुरका विभिन्न ठाउँमा गाडी जम्मा हुने गरेकोमा अब सम्बन्धित गाउँमा नै बसपार्क बनाइएको पनि उनले बताए । अब गोदावारी, चापागाउँ, बुङ्मती, लुभू, लामाटार, लगायतका क्षेत्रलाई नै बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने व्यवस्था गरिएको छ । धेरै सवारी थुप्रिँदा सडकसमेत जाम हुने गरेको र दुर्घटना पनि बढी हुने गरेको यस्तो ब्यवस्था गरिएको हाछेथुले बताए ।
व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धी समितिको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा गएको मंगलबार बसेको बैठकले लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम बसपार्कलाई बसस्टपमा परिणत गरिएको हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












