धुर्मुस-सुन्तलीले ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नमुना नेपाल’ का लागि जग्गा भेटियो
ललितपुर, १५ साउन । धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको नमुना नेपालको लागी जग्गा फेला परेको जनाएका छन् । ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ५ लेलेस्थित खाँवा डाँडामा जमिन फेला परेको जनाएका छन् । देशभरका विभिन्न २२ ठाउँको अवलोकन पश्चात खाँवा डाँडा उपयुक्त भएको धुर्मुस सुन्तलीले जनाएका छन् ।
३ वटा बस्ती सफलतापुर्वक सम्पन्न गर्दै चर्चामा आएका हाँस्यकलार तथा समाजसेवी धुर्मुस सुन्तलीले नमुना नेपाल बनाउने घोषणा गरेका थिए । उनीहरुको महोत्वाकांशी योजना अब विश्वले चिन्नेछ नेपाल नेपाल भित्रको नेपाल नमुना नेपाल निर्माणको लागि आवश्यक पर्ने जग्गा फेला परेको तर सरकारले स्विकृती दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । जग्गाको निरिक्षण गर्न त्यसतर्फ गएका धुर्मुस सुन्तलीले आफुहरुले खोजेको जस्तै जग्गा ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक वनमा भएको खुलाएका हुन् ।
जग्गा हेर्न गएका धुर्मुस सुन्तलीलाई स्थानीयले फूल मालासहित स्वागत गर्दै परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका थिए । ‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा राखेका छौं’ धुर्मुसले भने ‘यो हाम्रो मात्र सपना होईन सारा नेपालीको सपना हो ।’ आफुले खोजेजस्तै जग्गा भेटिएसँगै अब धुर्मुस नमुना नेपाल निर्माणको नजिक पुगेका छन् । मात्र अब उनीहरुलाई नेपालीहरुको साथ र सहयोगको खाँचो परेको छ ।
उनले सामाजिक सञ्जालबाटै उक्त स्थानीयबासीले दिएको सहमति पत्र नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रस्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक भई यस परियोजनालाई स्विाकार गर्नेमा आफु विश्वस्त रहेको समेत बताए ।
सम्पुर्ण नेपाल एकैपटक, एकैठाउँबाट हेर्न मिल्ने गरी निर्माण गरिने नमुना नेपाल विश्वलाई नेपाल चिनाउने प्रयास पनि हो । नेपाल भरी रहेका सम्पुर्ण जातजातिको सांस्कृतिक प्रतिनिधित्व गर्ने यस नमुना नेपाल भित्र हिमाल, पहाड र तराईको जस्ताको त्यस्तै अनुभुती गर्न पाईने धुर्मुस सुन्तली फाउन्डेशनले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












