महान्यायाधिवक्ता श्रेष्ठलाई देउवाले नै राजीनामा गर्न दिएनन्, कांग्रेसनिकट कानुन व्यवसायी देउवाप्रति रुष्ट

काठमाडौं, १७ साउन । पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्यायाधिवक्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अझै केही समय पर्खन’ भन्दै फर्काएका छन् । महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठ दिउँसो साढे ४ बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायाधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्केको जानकारी गराए । ‘मैले राजीनामाको कुरा गर्दा अहिले पर्खनुस् न भन्ने कुरा भयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘कुरा यत्ति मात्र हो ।’
राजीनामा दिन भनेर बाहिरिएका श्रेष्ठले पुनः कार्यालयमै फर्केर ‘राजीनामा नदिएको’ सुनाएपछि सरकारी वकिल नै आश्चर्यमा परेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । दिउँसोदेखि नै महान्यायाधिवक्ता कार्यालयमा श्रेष्ठको राजीनामाको चर्चासँगै नयाँ आउने व्यक्तिको विषयमा अड्कलबाजी भएको थियो । प्रधानमन्त्रीले श्रेष्ठको राजीनामा बुझ्न किन नचाहेको हो भन्ने विषय प्रस्ट नभए पनि अर्को व्यवस्था नहुन्जेल पद त्याग नगर्न सुझाएको स्रोतले बतायो । ‘अर्को व्यवस्था नहुन्जेल केही समय नछाड्न कुरा भएको हो । अरू केही कारणजस्तो लाग्दैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘दुई जनाबीच भएको गोप्य वार्ता सबैलाई थाहा हुने कुरा पनि भएन ।’
यसअघि ०४६ सालयता नयाँ प्रधानमन्त्री आउनेबित्तिकै आफ्ना विश्वासपात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने परम्परा थियो । शेरबहादुर देउवाले प्रधानमन्त्रीमा बहाली भएपछि पनि महान्यायाधिवक्तामा श्रेष्ठलाई केही समय पद नछाड्न भनेका थिए । त्यसबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सल्लाहअनुरूप देउवाले श्रेष्ठलाई पद नछाड्न भनेका थिए । संवैधानिक एवं कानुनी प्रश्नमा सरकारको बचाउमा प्रतिरक्षा गर्ने भएकाले प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने प्रचलन छ ।
श्रेष्ठलाई राजीनामा नदिन प्रधानमन्त्री देउवाकै रोकावटपछि कांग्रेसनिकट कानुन व्यवसायी भने आश्चर्यमा परेका छन् । देउवा र श्रेष्ठको रवैया देखेर महान्यायाधिवक्ताका आकांक्षीसमेत अवाक भएका छन् । सर्वोच्च अदालतमा विचाराधीन भरतपुर निर्वाचनको विवादपछि श्रेष्ठले पदत्याग गर्ने अनुमान न्यायिक वृत्तमा थियो । ‘राजीनामा दिन भनेर गएपछि यत्तिकै लुरुलुरु फर्केर आउनु हुँदैनथ्यो । पहिल्यै कुरा मिलाएर जानुपथ्र्यो,’ नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले भने, ‘दिनेले दिने र खानेले खाएपछि कसको के लाग्छ ? प्रधानमन्त्रीले नै चाहेपछि के भन्ने ? ’
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको दुई महिना बितिसक्दासमेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अझै पदमा बहाल छन् । दाहाल प्रधानमन्त्री भएपछि श्रेष्ठ ०७३ साल साउन २४ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । प्रधानमन्त्री पदबाट दाहालले १० जेठमा राजीनामा दिएका थिए ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












