प्रभु बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा एक अर्ब ७५ करोड नाफा कमायो
काठमाडौं, २० साउन । प्रभु बैंकको नाफा एक अर्ब ७५ करोड नाघेको छ । गत आर्थिक बर्ष २०७३/७४ मा एक अर्ब ७५ करोड रुपैयाँ नाफा गरेको हो । यो अघिल्लो आर्थिक बर्षको भन्दा ६१ करोड बढी हो । प्रभु बैंकले अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुर्इ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा खुद ब्याज आम्दानी एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो। बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकममध्ये एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ ।
बैंकले गत आर्थिक बर्षमा ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा बैंकले ६० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुर्इ अर्ब पाँच करोड रुपैयाँ जम्मा भएको प्रभु बैंकले जनाएको छ ।
बैंकको पूँजी कोष अनुपात अघिल्लो आर्थिक बर्ष १२.१३ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा ११.०५ प्रतिशत रहेको छ। बैंकको खराब कर्जामा सुधार गर्दै ल्याएको छ । अघिल्लो आर्थिक बर्षमा ८.३८ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा ४.२९ प्रतिशत रहेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












