आफ्नी छोरी विजयी भएपछि प्रचण्डले ओलीको प्रशंसा गर्दै भने ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो’
कास्की, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा आलीको प्रशंसा गर्नुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरामा बोल्दै उहाँले ओलीको प्रशंसा गर्नुभएको हो ।
भरतपुरको चुनावका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले चितवनको चुनावी परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको स्मरण गराउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै उहाँले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका चुनाव सम्पन्न गर्ने गरी दलबिच छलफल सुरु भएको बताउनुभएको छ ।
दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो । नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबिचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट गर्नुभयो । रासस
Comments
अरु समाचार
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...












