चीनले उत्तरकोरिया, दक्षिण कोरिया र अमेरिकालाई भन्यो, ‘सही विकल्प छानेर तनाव कम गर्नुहोस्’
काठमाडौं, २३ साउन । चीनले उत्तरकोरिया, दक्षिण कोरिया र अमेरिकालाई सही विकल्प छानेर तनाव रोक्न आग्रह गरेको छ । उत्तर कोरिया, अमेरिका तथा दक्षिण कोरियालाई सही विकल्प छान्दै उनीहरूबिच देखिएको तनावलाई रोकथाम गर्न चीनका विदेशमन्त्री वाङ यीले आग्रह गरेका छन् । ‘प्योङ्याङ र वासिङ्टन तथा सोल आफ्ना जनता तथा क्षेत्रीय शान्तिका लागि उत्तम विकल्प छान्दै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ’ उनले भने ।
वाङले दक्षिणपूर्वी एसियाली मुलुक (आसियन) को विदेश मन्त्रीस्तरको छलफलका लागि भएको भेलामा आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ होसँगको भेटमा चीनको कोरियाली प्रायद्वीपमा देखिएको आणविक हतियार परीक्षणका बिषयमा आफ्नो नीति तथा दृष्टिकोण प्रष्ट रहेको बताउँदै यसलाई दुवै समूहले उत्तम विकल्प रोजेर अघि बढ्न सुझाव दिएका हुन् ।
कोरियाली प्रायद्वीपको अवस्था अहिले सङ्कटको विन्दुमा पुगेको बताउँदै यो शान्तिका लागि वार्ता गर्ने एउटा सम्भावित सकारात्मक विन्दु पनि भएको विदेशमन्त्री वाङ्ले बताएको सिन्ह्वाले जनाएको छ ।
भेटमा उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्तावलाई थप उल्लङ्घन नगर्न सुझाव दिएका थिए भने अमेरिका र सोलले पनि कोरियाली प्रायद्वीपमा तनाव बढाउने किसिमका गतिविधिलाई रोक्नुपर्ने बताए । उत्तर कोरियाली विदेशमन्त्री रिले कोरियाली प्रायद्धीपमा रहेको आणविक विषयमा आफ्नो पूर्व अडानलाई दोहो¥याएका थिए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












