नाकाबन्दीकै झल्को दिनेगरी भारतीय प्रहरीद्धारा सुनौली नाकामा कडाइ
भैरहवा, २४ साउन । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेको खबर आजको नयाँ पत्रिकामा छ ।
सुरक्षा कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायात साधनको आवत-जावतमा अवरोध गरिरहेको भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यले जानकारी दिए । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगन्ज पूर्ण रूपमा ठप्प हुँदासमेत आंशिक रूपमा प्रयोगमा रहेको यो नाकामा भारतीय सुरक्षाकर्मीका कारण साउनको पहिलो सातादेखि अवरोध छ ।
सुनौलीमा भएको अवरोधमा फसेका ट्रक व्यवसायीलाई विलम्ब शुल्क तिर्दा व्यवसायी करोडौँ घाटामा गएका छन् । सो शुल्क उपभोक्ताबाट उठाउँदा नेपालमा महँगी बढ्ने निश्चित भएको छ । तर, यो अवरोध किन भयो र कतिन्जेल चल्छ भन्ने निश्चित छैन । जब कि यातायात अवरोधले नेपालतर्फ करिब तीन किलोमिटर र भारततर्फ पाँच किलोमिटर जाम भइसकेको छ ।
यस्तो अवरोध पार गरेर गाडी पास हुन कम्तीमा एक साता लाग्ने भएको छ । नाका सहज बनाउन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा दुई देशका अधिकारीबीच छलफल भए पनि अवरोध हट्न सकेको छैन । लखनउस्थित विधानसभा परिसरमा दुई साताअघि बम भेटिएपछि भारतीय प्रहरीले तीन सय २२ किलोमिटर टाढा सुनौली नाकामा अवरोध गरेको हो ।
राजदूत दीपकुमार उपाध्याय भन्छन्
यातायात साधन मात्र होइन, आउने-जाने यात्रुलाई समेत अवरोध भएको विषयमा मैले भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर चासो व्यक्त गरिसकेको छु । सुरक्षा जाँचबुझ गर्दा ढिलो भएकाले यातायातमा अवरोध भएको उनीहरूको भनाइ छ । तर, यो अवस्था लामो समय रहन्न । छिटोभन्दा छिटो यातायात पूर्ववत् रूपमा चल्ने आश्वासन पाएको छु ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












