काकाबाट बलात्कृत १० वर्षीया बालिका गर्भवती, गर्भपतनको आवेदन अदालतद्वारा खारेज
काठमाडौं , २४ साउन । भारतमा आफ्नै काकाबाट एक १० वर्षीया बालिका बलात्कृत भएर गर्भवती भएकी छन् । चंडिगढस्थित कक्षा ६ मा पढ्दै गरेकी ती बालिका आफ्नै काकाबाट बलात्कृत भएपछि गर्भवती भएकी हुन् । उनको गर्भपतनको लागि गरिएको अपिल भारतिय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । गर्भपतनको लागि सर्वौच्च अदालतमा दिइएको आवेदनलाई खारेज गरिदिएको बीबीसीले जनाएको छ । अहिले ती बालिका भारतीय सन्चारमाध्यममा चर्चाको विषय बनेपछि उनकी बुबाले कसैको दुर्भाग्यले पत्रकारलाई फाइदा पुग्ने आरोप लगाएका छन् ।
ती बालिकाले आफ्नो पेट दुखेको बताएपछि उनका बाबुले परिक्षणको लागि अस्पताल लिएर गएका थिए । परिक्षणपछि उनी गर्भवति भएकी पत्ता लागेका थियो । ती बालिकाको मुद्धा हेरिरहेका वकिलले अदालतसमक्ष गर्भपतनको लागि आवेदन दिएका थिए । तर, चिकित्सकहरुले ती बालिकाले गर्भाधारण गरेको ३२ हप्ता भैसकेकोले गर्भपतन गर्न उच्च जोखिम भएको रिर्पोट दिएपछि सर्वोच्च अदालतले उक्त आवेदनलाई खारेज गरिदिएको हो ।
रिर्पोटमा ती बालिकाको गर्भाशयमा भ्रुणहरु स्वस्थ रहेको र उनको शारीरिक अवस्थासमेत सामान्य रहेकोले गर्भपतन गर्नु बालिकाको स्वास्थ्य झन बिग्रने उल्लेख छ । तर, मनोचिकित्सकहरुले ती बालिका निर्दोष र हँसिलो देखिएपनि उनको मानसिक स्वास्थ्य कमजोर भएको बताएका छन् । भारतीय कानुनअनुसार २० हप्ताभन्दा बढी समयको गर्भवति महिलाले गर्भपतन गर्न अदालतको आदेश लिनुपर्ने प्रावधान छ ।
चिकित्सकहरुले आगामी सेप्टेम्बरमा बच्चा जन्मिने बताउँदै ‘सिजेरियन’ विधिमार्फत डेलिभरी गर्ने योजना बनाएका छन् । तर, त्यस समय अगाडी कुनैपनि जोखिम आउन सक्ने भन्दै चिकित्सकहरुले ती बालिकाको निगरानी गरिरहेका छन् । ती बालिकाबाट जन्मिने बच्चालाई नवजात शिशु कल्याण समितिको निगरानिमा कुनै एक परिवारलाई पाल्न दिइने बालिकाको परिवारले बताएका छन् ।
बालअधिकार कार्यकर्ताहरुले ती बालिकाको साथ मानसिक रुपमा दबाब पर्ने कुनै कार्य नहोस् भनेर सर्तक रहेको बताएका छन् । साथै उनले अझै बच्चा जन्माउन सक्छिन् भन्ने विषयमा आफुहरु ढुक्क हुन नसकेको बताएका छन् । ती बालिकालाई बलात्कार गर्ने उनकै काका अहिले जेलमा सँजाय भोगिरहेका छन् । तर, ती बालिकाका बुबाले गम्भीर प्रकारको सँजायको माग गरिरहेका छन् । उनले भने, ‘म चाहान्छु मेरो छोरीको यो अवस्था बनाउने अपराधिलाई मृत्युदण्ड दिइयोस् ।’
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












