डोकलाम विवादमा भारत र चीनको आँखा नेपालमाथि, दुवै देश आ आफ्नो पक्षमा गुहार माग्दै
काठमाडौं, २४ साउन । भारत र चीनबीच जारी डोकलाम विवादमा नेपाललाई आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । दुवै देशले नेपाललाई आफ्नो पक्षमा पारेर डोकलाम विवाद समाधान गराउने प्रयासमा लागिपरेका हुन् । चीनले भारतसँगको सीमा विवादमा नेपालको साथ खोजिरहेको छ । भारत चीन सिमानामा पर्ने डोकलामको विषयलाई लिएर भारतसँग तनाव बढिरहेको बेला चीनले नेपालको साथ खोजेको हो । चीनले डोकलाम विवादको विषयमा आफ्नो पक्षमा उभिन आग्रहसहित चिनियाँ अधिकारीले नेपाली अधिकारीसँग छलफल गरेका छन ।
भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार चीनका मिशन उपप्रमुखले यो विषयमा नेपाली समकक्षीसँगको शिष्टाचार भेटमा डोकलामको बिषयमा भारतले अनावश्यक विवाद निकाले भन्दै नेपाललाई चीनको पक्षमा उभिन आग्रह गरेको उल्लेख छ । डोकलामको विवादमा भारतले वार्ताबाट समाधान निकाल्ने प्रयास गरिरहेको छ भने चीनले भारतले पहिला सेना हटाएपछि मात्रै अर्थपूर्ण वार्ता हुने बताइएको छ ।
रिपोर्ट अनुसार चीन र नेपाली अधिकारीबीच काठमाडौ र बेइजिङमा पनि यसै किसिमको बैठक भएको छ । भारत ट्रयाक टु डिप्लोमेसीको माध्यमबाट समस्याको समाधानको प्रयासमा लागि परेको बताइएको छ । भारतले केही साता अगाडी अमेरिकी अधिकारीसँग पनि यो विषयमा चर्चा गरेको जनाइएको छ ।
नेपालसँग यो विषयमा छलफल गर्नु चीनका लागि दुई कारणले महत्वपूर्ण मानिएको छ । पहिलो भारत यो विषयमा त्रिपक्षिय आदानप्रदान गर्न इच्छुक रहेको छ भने दोस्रो भारतले विगतका केही समयदेखि छिमेकी मुलुक नेपालमा प्रभाव कायम राख्नका लागि संघर्षरत अवस्थाबाट गुज्रिरहेको छ ।
भारत पनि आफ्नो पक्षमा बोल्न देउवामाथि दवाव दिँदैः
भारतले पनि उक्त विवादमा आफ्नो पक्षमा बोल्न नेपाललाई दवाव दिने रणनीतिमा लागेको छ । भारतले आफ्नो समर्थक भन्दै आएको वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई डोकलाम विवादमा चीनको विपक्षमा बोल्न दवाव दिने रणनीतिमा लागेको हो ।
भदौ पहिलो साता भारतको भ्रमणमा जान लागेका देउवालाई चीनको विपक्षमा बोल्न लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो विषयमा नेपाल अहिलेसम्म तटस्थ रहेको छ । राजीनितिक दल तथा सरकारी अधिकारीहरुलाई यसविषयमा केही पनि नबोल्न परराष्ट्रविदहरुले सुझाव दिईरहेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












