चीन आफ्नो दुश्मन भएको भन्दै भारतमा चिनियाँ सामान बहिस्कार
काठमाडौं, २४ साउन । भारत र चीनबीच केही हप्ता यता जारी सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिस्कार गर्ने प्रवृति बढेको छ । भारतीयहरुले चिनियाँ सामाग्री वहिस्कार गर्दै उसको आलोचना गरिरहेका छन् । तर यसले भारतलाई नै क्षति हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तनाव जारी रहेका समय भारतीय दक्षिणपन्थी शक्ति तथा केही सङ्घसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिस्कार गर्न आग्रह गरेपछि संचारमाध्यमले यस्ता गतिविधिले दुवै मुलुकलाई बेफाइदा हुने उल्लेख गरेका हुन्।
गत जुन १८ गते चीन–भारत सीमाको सिक्किम क्षेत्र डोङलाङ (डोकलाम) मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीचको तनाव बढेको हो। यसै बिषयलाई लिएर गरिएको बहिस्कारलाई भारतीय दैनिक पत्रिका ‘न्यू इन्डियन डेली’ले ‘आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान’ भनी आफ्नो सोमबारको अंकमा आलोचना गरेको छ।
भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (समान बहिस्कारको) नीतिले चीनमाथि दवाव पर्छ भन्ने कुरा ‘गलत’ सोचमात्र भएको र ‘यसले भारतलाई क्षति पुग्ने’ जनाएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको जनाएको छ।
चिनियाँ भन्सार कार्यालयको तथ्यांक अनुसार सन् २०१६ मा चीनबाट भारततर्फ हुने निर्यात ५८ अर्व ३२ करोड अमेरिकी डलर रहेको थियो। चीनबाट सन् २०१५ मा ५८ अर्व २५ करोड अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो। यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ।
तर गतबर्ष भारतबाट चीनतर्फ ११ अर्व ७६ करोड अमेरिकी डलर बराबरको समान निर्यात भएको र उक्त बर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले गिरावट देखिएको थियो। यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्व ५६ करोड अमेरिकी डलर रहेको छ।भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो। त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी तथा कच्चा पदार्थ ल्याइन्छ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












