सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने एक भारतीय दम्पती प्रहरी सेवाबाट बर्खास्त
काठमाडौं, २४ साउन । सगरमाथा चढेको भनेर झटो दाबी गर्ने एक भारतीय दम्पतीलाई प्रहरीले आफ्नो सेवाबाट हटाएको छ । सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गरेका दिनेश र तारकेश्वरी राठौडलाई भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको हो ।
उनीहरुले अघिल्लो वर्ष आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको बताएका थिए । तर भारतको महाराष्ट्र राज्यका अधिकारीहरुले सोमबार उक्त दम्पतीले जोडजाड पारिएको तस्वीर प्रयोग गरेर आफूले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेको निष्कर्ष निकालेको बीबीसीले जनाएको छ ।
उक्त दम्पतीले सगरमाथाको आरोहण गरेको बिषयको सत्यतामा अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो ।महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सेहिब्राओ पाटिलले पीटीआई समाचार संस्थालाई उक्त दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिए ।
अब उक्त दम्पतीविरुद्ध कुनै थप कारबाही गरिन्छ कि गरिदैँन स्पष्ट भइसकेको छैन् । यसअघि नै नेपाली अधिकारीहरुले उनीहरुले झुटो दाबी पेश गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लगाइसकेका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











