कोरिया किन नेपालीले आत्महत्या गर्छन्, भन्ने केशवले अन्ततः आफैले किन आत्महत्या गरे ?
काठमाडौं, २४ साउन । दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन् । १५ महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पर्वतका केशव श्रेष्ठले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुअघि सुसाईट नोट लेखेका छन् । जसमाले उनले भनेका छन्, ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । यसमा बुढी र बहिनीलाई दिनु होला ।’
अरु नेपाली युवाहरुले कोरियामा आत्महत्या गरेको घटना सुन्दा समेत आश्चर्य मान्दै आएका २८ बर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका हुन् । आत्महत्या गर्नु अघि श्रेष्ठले श्रीमती र बहिनीलाई सम्झिएका छन् । श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात करीव ३२ हजार रुपैयाँ आफ्नो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरेका छन् ।
श्रेष्ठको स्वास्थ्यमा खराव रहेको, औषधी उपचार गर्दा पनि निको नभएको, विदा लिएर घरमा आउन चाहेको, कम्पनीले घरमा आउन विदा नदिएको, निन्द्रा नलाग्ने समस्या रहेको, निन्द्रा लाग्ने औषधी सेवन गर्दै आएको जस्ता तथ्यहरु सुसाइड नोटमा उल्लेख गरेका छन् ।
कोरियाको छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन । छतमा जाने भयाङमा पासो लगाएर श्रेष्ठले आत्महत्या गरेको श्रेष्ठका रुम पार्टनर अमृत गिरीले जानकारी दिएका छन् । उनी कोरियामा किन नेपाली युवाले आत्महत्या गरेर ज्यान गुमाउँछन भनेर कुराकानी साथीभाईहरुसँग कुरा गर्ने गर्थे । एक्कासी श्रेष्ठलाई झुण्डिएको अवस्थामा भेटदा उनका सहकर्मीहरु पनि बिक्षिप्त भएका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











