कुलमान घिसिङका सामू भारतीय अधिकारी निरिह, भारतबाट किन्ने विजुलीको मुल्य घटाए
काठमाडौं, २५ साउन । नेपालले भारतबाट किन्ने गरेको बिजुलीको मूल्य घटेको छ । सन् २०११ मा नेपाल भारत पावर एक्सचेन्ज कमिटीको बैठक विद्युतको मूल्य प्रत्येक वर्ष विद्युत महशुल बढाउने सहमति भएको थियो । उक्त बैठकले हरेक वर्ष बैठक बस्ने र बाषिर्क ५.५ प्रतिशतका दरले बिजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर कुलमान घिसिङले उक्त निर्णय सम्झौता खारेज गर्न लगाएका हुन् ।
घिसिङले उक्त सम्झौता खारेज गर्न लगाएपछि भारतबाट किन्ने विद्युत केही सस्तो भएको हो । प्रत्येक वर्ष वैठक बस्ने भनिएपनि सन् २०११ देखि पावर एक्सचेन्ज कमिटीको बैठक एकपटक पनि बस्न सकेको थिएन् । विद्युतको मूल्य भने बढ्दै गयो, जसका कारण भारतबाट ल्याइने विद्युतको मूल्य प्रतियुनिट ११ रुपैयाँ नाघेको थियो ।
कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि पहिलो पटक पावर एक्सचेन्ज कमिटीको बैठक बसेको छ । दिल्लीमा बसेको बैठकले हरेक वर्ष ५.५ प्रतिशतका दरले विद्युतको मूल्य बढ्ने पूर्वसहमतिलाई खारेज गरेपछि विद्युत केही सस्तिएको हो ।
अब ५० मेगावाट वा त्यसभन्दा माथि १३२ केभी ट्रान्समिटरबाट आउने एक युनिट बिजुलीको मूल्य ५.५ भारु पर्नेछ । गत वर्ष मूल्य ५० मेगावाट भन्दा कम १३२ केभी ट्रान्समिटरबाट आउने एक युनिट विजुलीको मूल्य ५.६२ थियो । यस्तै ३३ केभी ट्रान्समिटरमा आउने एक युनिट विद्युतको मूल्य भारु ६ र ११ केभीको ६.४५ भारु निर्धारण भएको छ । यसअघि ३३ केभी ट्रान्समिटरमा आउने एक युनिट विद्युतको मूल्य ६.४२ र १११ केभीको ६.५४ भारु थियो ।
दिल्लीमा सन् २०१८ मार्चमा अर्को बैठक बस्ने र विद्युतको मूल्य निर्धारण गर्ने सहमति भएको छ । साथै लामो समयदेखि बन्द रहेको ३३ केभीको धनगढी-पालिया प्रशारण लाइन दुई महिनाभित्र सञ्चालनमा ल्याउने सहमति पनि भएको विद्युत प्राधिकरणले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












