एक हजार भन्दा बढी स्थानीय तालमा पसेर ५० लाखका माछा लगे
सर्लाही, २६ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन्। ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो। तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएकाखबर आजको नयाँ पत्रिकामा छ ।
तालको माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो। तालमा पुग्दा करिब हजार स्थानीयले धमाधम माछा निकाल्दै गरेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए। पौडेलले भने, ‘हामीले सबैलाई भगायौँ। माछा मार्न चन्द्रनगरसहित छिमेकी गाउँका स्थानीयसमेत जम्मा भएका थिए।’
नजिकै खेत भएका किसानले रोपाइँ गर्न पानी लगेकाले केही दिनदेखि तालमा पानी कम भएको थियो। तालमा पानी कम भएको मौकामा स्थानीयले माछा उठाएका हुन्। माछा मार्ने जाली मात्र होइन लामखुट्टेको झुल र तन्दासमेत बोकेर स्थानीय बासिन्दा माछा सोहर्न आएका थिए। यसमा ताल संरक्षण समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाकै संलग्नता रहेको प्रहरीको भनाइ छ।
गाउँपालिका कार्यालयले ठेक्का प्रक्रिया सुरु गरे पनि केही स्थानीयले अवरोध गर्दै आएको कार्यकारी अधिकृत मुकेशकुमार चौरसियाले बताए। ‘ठेक्का लगाउनका लागि पटक–पटक सूचना प्रकाशित गरिए पनि केही स्थानीयवासीको अवरोधका कारण ठेक्का लाग्न सकेको थिएन, अब त माछा नै खत्तम भए,’ उनले भने।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












