आगामी हिउँदको लोडसेडिङ टार्न भारतबाट थप २१० मेगावाट बिजुली ल्याउने तयारी
काठमाडौं, २६ साउन । आगामी हिउँदको लोडसेडिङ टार्न भारतबाट थप २१० मेगावाट बिजुली ल्याउने तयारी भईरहेको छ । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदका लागि थप २ सय मेगावाट विद्युत आयात गर्ने तयारी गरिरहेको हो । त्यसको लागि आवश्यक पर्ने भौतिक संरचना तयार गरेको छ ।
कटैया कुशाहा र रक्सौल परवाहनीपुरको १ सय ३२ केभिए लाइनबाट थप १ सय मेगावाट विद्युत आयात हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । नेपाल–भारत पावर एक्सचेन्ज कमिटीको बैठकले सो प्रशारणलाइनबाट थप १ सय मेगावाट बिद्युत नेपालले आायत गर्ने सहमति गरेको हो ।
त्यस्तै ढल्केबर मुजफ्फरपुबाट पनि थप १ सय मेगावाट बिद्युत आयात गर्नको लागि ढल्केबरमा सबस्टेशन निर्माण गरिरहेको छ । यो आगामी हिउँद सुरु नहुँदै निर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य रहेको छ । लामो समयदेखि बन्द रहेको धनगढी पालियाबाट पनि थप १० मेगावाट बिद्युत आयात गरिनेछ । यो प्रसारणलाइन २ महिनाभित्रै सञ्चालनमा आइसक्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । अहिले आगामी हिउँद हुनसक्ने सम्भावित लोडसेडिङ टार्न यस्तो तयारी भईरहेको हो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












