केपी ओलीले ३ सय भन्दा बढीलाई एमालेमा प्रवेश गराउँदै भने, ‘माओवादी सकियो, अब केन्द्रमात्रै बाँकी छ’
काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केन्द्रमात्रै बाँकी रहेको बताएका छन् । माओवादी पार्टी अब केही पनि बाँकी नरहेको भन्दै अध्यक्ष ओलीले अब केन्द्रमात्रै बाँकी रहेको बताएका हुन् ।
‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र !’ विहीबार धुम्बाराहीस्थित एमाले मुख्यालयमा माओवादीका ३ सय भन्दा बढी कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले भने, ‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छ ।’ रुखमा पात अडिनका लागि जीवन आवश्यक पर्ने भन्दै ओलीले माओवादीभित्र जीवन नरहेकाले अब पातहरु झर्दै जाने बताए । माओवादी पार्टीमा २०५५ सालदेखि एउटै नेताको जमिन्दारी चलेको ओलीले बताए ।
माओवादी छाडेर एमालेमा आएका सिराहातिरका केही माओवादी कार्यकर्तालाई ओलीले भने, ‘त्यहाँ आजीवन एउटै नेता हुन्छन्, पीए पनि आफ्नैलाई बनाउँछन्, उम्मेदवार पनि आफ्नैलाई बनाउँछन्, तपाईहरु अहिलेसम्म कसरी बस्नुभयो होला ? एमालेमा त यस्तो जमिन्दारी चल्दैन ।’ एमाले मुख्यालयमा आयोजित कार्यक्रममा सिरहाका माओवादी कार्यकर्ता गणेश अधिकारी र वैद्य समूहका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको थियो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












