पाँच वर्षपछि चिनियाँ उच्चअधिकारी नेपालमा, उपप्रधानमन्त्री पाकिस्तानबाट सिधै काठमाडौं ओर्लिए
काठमाडौं, ३० साउन । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको चारदिवसीय औपचारिक भ्रमणमा काठमाडौं आईपुगेका छन् । सोमबार अपराह्न विशेष विमानबाट पाकिस्तानबाट सिधै राजधानी काठमाडौं आइपुगेका हुन् । चीन र भारतबीच दोक्लाममा बढ्दो सीमा विवादका बीच चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङबाट पाकिस्तान हुँदै काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गरे ।
चिनियाँ विशिष्ट पाहुनालाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
चिनियाँ उपप्रधानमन्त्री याङले आज आराम गर्ने र भोलि (मंगलबार) देखि राजनीतिक भेटघाट थाल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा भन्दा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।
विहान ११ बजेदेखि १२ः३० सम्म उपप्रधानमन्त्री विजय कुमार गच्छदारसंग होटल सोल्टीमै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी १२ः३० देखी १ बजेसम्म उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपाल र चीनबीच एक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै दिउँसो ३ बजेदेखी ४ः४० बजेसम्म पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट्ने छन् । उनले दुवै नेतालाई ४०–४० मिनेट समय दिनेछन् ।
मंगलबारको समय तालिका सकिएपछि उनले बुधबार बिहान ९ः३० बजेदेखि साढे १० बजेसम्म स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसंगै कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।
साथै ११ः३० बजेदेखि १२ः३० बजेसम्म उपप्रधानमन्त्री वाङ र नेपालका उद्योग–व्यवसायीबीच १ घण्टा छलफल हुनेछ । दिउँसो ३ बजेदेखि ४ः४५ बजेसम्म प्रधानमन्त्री देउवा र वाङबीच ४५ मिनेट प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
त्यसैगरी ४ बजेदेखि ४ः४५ बजेसम्म राष्ट्रपति विद्यादेखी भण्डारीसंग ४५ मिनेट शीतलनिवासमा भेटवार्ता हुनेछ । बिहिबार बिहान ८ बजे चिनियाँ विशेष विमानबाट उपप्रधानमन्त्री वाङ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












