संसद बैठकमा बाँध भत्काउन नमाने भारतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी लडाइँ लड्ने प्रस्ताव

काठमाडौं, ३२ साउन । व्यवस्थापिका संसद बैठकमा तराई डुबाउनेगरी सीमामा एकतर्फी बनाइएका बाँध भत्काउन माग उठेको छ । भारतले एकतर्फी रुपमा बनाएका बाधका कारण नेपाली भूभाग डुबानमा परेको भन्दै भत्काउनुपर्ने माग उठेको हो । बुधबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाँध भत्काउन नमाने भातविरुद्ध अन्तर्राष्ट्रिय कानूनी लडाइँ लड्ने प्रस्ताव गरेका छन् ।
बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुनले भारतले बाँध भत्काउन नमाने अन्तर्राष्ट्रिय कानूनको सहयोग लिएर अघि बढ्नुपर्ने प्रस्ताव गरेकी हुन् । नेपालमा डुबान दीर्घकालिन समस्याको रुपमा देखिएको र यसको समाधान पनि दीर्घकालिन खोज्नुपर्नेमा भन्दै सांसद पुनले त्यसका लागि भारतद्वारा निर्मित एकतर्फी बाँध भत्काउनुपर्ने बताइन् ।
तराईको डुबान नेपालको कारणले होइन् र त्यसको समाधान नेपाल एक्लै गर्नसक्दैन् । भारत जसले झापा (मेची) देखी महाकाली (कञ्चनपुर) सम्म बाँधेको एकतर्फी बाँधको कारणले गर्दा आज तराई डुबानमा परेको छ । त्यो समस्या समाधान गर्नका लागि भारतले बाँधेको जुन बाँध छ त्यसलाई भत्काउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
पहाडबाट बग्ने नदीहरु, नदीको आफ्नै प्राकृति वहाव हुन्छ, त्यो वहावलाई बग्न दिनुपर्ने हुन्छ । तर, भारतको बाँधको कारणले गर्दा प्राकृतिक वहाव रोकिएको छ । त्यसकारण तराईमा डुबान भएको छ । अब नेपालले आफ्नै तरिकाले समाधान गर्न सक्दैन् भने हामीले अन्तर्राष्ट्रिय कानूनको सहयोग पनि लिनुपर्छ । संसद बैठकमा सांसद पुनले भनिन् ।
अन्तर्राष्ट्रिय कानूनहरु छन्, हाम्रा जस्ता देशहरु छन् जसले छिमेकी मुलुकबाट समस्या उत्पन्न हुन्छ, त्यो समाधान गर्ने अन्तर्राष्ट्रिय कानूनहरु छन् र त्यो कानूनको उपयोग गरेर हामीले हाम्रो देशलाई न्याय माग्नुपर्ने आवश्यकता छ ।
अन्तर्राष्ट्रिय कानूनमा हेलसिंगी अभिसन्धिअनुसार एक देशबाट अर्को देशमा नदी बगेर जाँदा सीमा रेखाबाट १२ किलोमिटर माथि र तल कुनै देशको सहमतिविना बाँधजस्ता संरचना बनाउन पाइदैन् । तर, भारतले नेपालको अनुमतिविना कयौं यस्ता बाँधहरु बाधेको छ जसले नेपालको नदीको वहाव रोकिएको भन्दै उनले त्यसविरुद्ध लड्नुपर्ने प्रस्ताव गरेकी हुन् ।
यस्तै, संयुक्त राष्ट्रसंघको वडापत्रले पनि कुनै देशलाई आघात पर्नेगरी यस्ता संरचना बनाउन हुँदैन र आघात परेको अवस्थामा सम्बन्धित देशको राष्ट्रसंघमा अपिल गर्नसक्छ । यी कानूनहरुलाई आधार बनाएर अब हामीले भारतविरुद्ध जसले नेपाललाई समस्यामा पारेको छ, त्यसको विरुद्ध कानूनी रुपमा लडाइ लड्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












