भारतमा एउटा रेलमाथि अर्को रेल चढ्दा १० को मृत्यु, ५९ घाइते
नयाँदिल्ली, ३ भदौं । भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको कलिंग–उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको छ । मुजफ्फरनगरको खतौलीनजिकै सो रेल लिकबाट उछिट्टिएर पाँच वटा डिब्बा अर्को रेलमाथि चढ्दा भीषण दुर्घटना भएको हो । यो दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव निकालिएको भएपनि अन्य कति जनाको मृत्यु भयो भन्ने बारेमा यकिन विवरण आइसकेको छैन । प्रशासनले समेत सो दुर्घटनामा परी मृत्यु हुनेको यकिन पुष्टि गरेको छैन । सो घटनामा ५९ घाइतेको उद्धार गरिएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथ यो घटनाबारे थप जानकारी लिन घटनास्थलमा नै गएका छन् । दिल्लीबाट एनडीआरएफको टोली र लखनउ, मेरठ र मुजफ्फरनगरबाट उद्दार टोली परिचालन गरिएको छ ।

शनिबार साँझ करिब ५ बजेर ५० मिनेटमा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेलमन्त्री सुरेश प्रभुले दुर्घटनाबारे छानविन गर्न र दोषीमाथि कडा कारबाही गर्न आदेश दिएका छन् ।
यसैबीच रेलमन्त्री प्रभुले आफूले व्यक्तिगत रुपमा पनि दुर्घटनाको निगरानी गरिरहेको बताएका छन् । उनले रेलवेका वरिष्ठ अधिकारीलाई घटनास्थलमा तत्कालै गएर राहत तथा उद्दार कार्य सञ्चालन गर्न निर्देशन दिएका छन् ।
भारतीय रेलका प्रवक्ता अनिल सक्सेनाले दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको संख्याका बारेमा यो कुनै आधिकारिक जानकारी आइनसकेको जनाएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मुजफ्फरनगर दुर्घटना दुःखद भएको भन्दै घाइतेहरुको उचित उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












