राहतको चामलमा पीडितसँगै रकम असुली, ५० रुपैयाँ नहुँदा राहतको चामल पाएनन्

काठमाडौं, ५ भदौं । विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वार्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे। अगाडि रहेकाहरुले प्रतिपरिवार ३० किलो चामल पाइरहेका थिए। उनीहरुले चामल पाएवापत वितरण गर्नेलाई ५० रुपैयाँसमेत बुझाउँदै थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ।
सन्तोष र घनश्यामले पनि चामल लिने पालो पाए । तर, ५० रुपैयाँ तिर्न नसक्दा उनीहरुले तत्काल राहत पाएनन्। ‘राहत दिने भनेर बोलाइयो, तर ५० रुपैयाँ तिर्नुपर्छ भनेर भने,’ सन्तोषले भने, ‘५० रुपैयाँ छैन भन्दा चामलै दिइएन। राहत पनि बाढीपीडितसँगै पैसा लिएर वितरण गर्ने गरेको पाइयो ।’ ५० रुपैयाँ खोजेर ल्याएपछि मात्रै चामल पाएको उनले सुनाए ।
बाढीले सबै कुरा बगाएपछि हरिबिजोग भएको सुनाउँदै घनश्यामले भने, ‘हामीसँग ५० रुपैयाँ कहाँबाट हुन्थ्यो ? घरमा भएको पैसासमेत बाढीले बगाउँदा साथमा केही पनि रहेन। छोराछोरी र परिवारका अन्य सदस्य भोकभोकै रहने अवस्था आउपछि ऋण खोजेर भएपनि चामल लिइयो।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












