प्रधानमन्त्री देउवाको भारत भ्रमण कार्यतालिका सार्वजनिक, ८ गते राष्ट्रपति रामनाथ र मोदीलाई भेट्ने

काठमाडौं, ५ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण कार्यतालिका सार्वजनिक गरिएको छ । भदौ ७ गते पाँच दिने राजकीय भ्रमणका लागि जान लागेका देउवाको कार्यतालिका सार्वजनिक गरिएको हो । पत्नी आरजु देउवा राणासहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर देउवा भारत जान लागेका देउवा राष्ट्रपति भवनमा पाहुना बन्ने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार ८ गते बिहान उनको सम्मानमा दिइने ‘गार्ड अफ अनर’मा अवलोकन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवा राजघाटमा रहेको महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जली दिनेछन् । त्यही दिन उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेंकैया नयडुसँग छुट्टाछुट्टै भेट वार्ता गर्ने छन् ।
सोही दिन प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले सोही दिन दिवाभोजको आयोजना गर्नेछन् । दिल्लीमा रहँदा देउवाले भारतीय बुद्धिजिवी र उद्यमीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय राज्यहरू तेलंगना, आन्द्रप्रदेश र बिहार पनि जाने जानकारी दिएकोछ । ती राज्यको कुन ठाउँमा के कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सहभागी हुने भन्ने खुलाएको छैन । उनी ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
मन्त्रिपरिषद्द्धारा भ्रमण कार्यक्रम अनुमोदनः
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । मन्त्रिपरिषद बैठकले कोशी, लक्ष्मणपुर लगायतका बाँधबाट भएका क्षति र नोक्सानीबारे भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । ‘कोशी बाँध बनाउँदा स्थानीय जनतालाई दिने भनेको ५० करोड भारत सरकारले दिएको छैन’, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने, ‘यसबारे कुरा हुन्छ ।’
भारतीय पक्षसँग पञ्चेश्वर जलविद्युत आयोजना, १९५० का सन्धी र सुपुदर्गी सन्धीका साथै नेपाल–भारत रेलवे बारेमा समेत छलफल हुने मन्त्री बस्नेतले बताए । भूकम्प पुनर्निर्माण प्राधिकरणलाई भारतले दिएको सहयोग नआएकाले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भारतीय पक्षसँग यसबारेमा समेत छलफल गर्ने सरकारको निर्णय छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












