थपिएका राज्यमन्त्रीहरुको हरिबिजोगः बस्ने ठाउँ समेत नभएपछि सहसचिवको कुसी खाली गरियो

काठमाडौं, ८ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष बनाइँदा सहसचिवहरू उपसचिव तथा अधिकृतका कोठामा बस्न बाध्य छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
सहसचिव विस्थापित
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार पुग्दा मन्त्रालयका सहसचिव आफूहरू विस्थापित हुनुपरेको गुनासो गरिरहेका थिए भने मन्त्रालयका दैनिक कार्य सम्पादन नै भद्रगोल बनेको थियो । साना र कार्यबोझ कम भएका पशुपक्षी विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, आपूर्ति मन्त्रालय, वाणिज्य मन्त्रालयमा राज्यमन्त्री आए पनि उनीहरूका लागि गर्ने काम र जिम्मेवारी भने खासै नहुने सचिवहरूको तर्क छ ।
‘उहाँहरूको खासै काम छैन’
‘राज्यमन्त्री हुनकै लागि आउनुभएको हो, उहाँहरूको खासै काम छैन’, एक सचिवले भने । ती सचिवका अनुसार कतिपय साना र केही समयअघि फुटाइएका मन्त्रालयमा मन्त्रीका लागि नै पर्याप्त काम छैन तर मन्त्रीलाई नै काम नपुग्ने मन्त्रालयमा राज्यमन्त्री ल्याएर राज्यलाई अनावश्यक व्ययभार पार्ने गरेको ती सचिवले बताए । मंगलबार शपथ ग्रहणपछि मन्त्रालय पुगेका राज्यमन्त्रीहरूलाई गाडीको जोहो कसरी गर्ने भन्नेमै सचिव/सहसचिवहरूको दौडधूप देखिन्थ्यो । बस्ने ठाउँ अभाव त छँदै छ ।
महाशाखा प्रमुखको ठाउँ कब्जा
सामान्य प्रशासन मन्त्रालयका राज्यमन्त्री वाङ्दी शेर्पाले मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव शिवराम न्यौपानेको ठाउँ कब्जा गरिदिएपछि न्यौपाने कार्यकक्षविहीन भएका छन् । सहसचिव न्यौपाने मन्त्रालयकै एक सानो र साँघुरो कोठामा बस्न विवश छन् । बुधबारसम्म पनि उनको कोठाको व्यवस्थापन हुन सकेको छैन । सहसचिवहरूलाई शौचालय जान पनि समस्या भएको छ । यस्तै समस्या सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव रघुराम विष्ट पनि भोग्न बाध्य छन् ।
५० जना मन्त्री
५० सदस्यीय देउवा सरकारमा २३ राज्यमन्त्री र २६ मन्त्री छन् । ५० जना मन्त्रीहरूलाई व्यवस्थापन गर्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई हम्मेहम्मे परेको छ । प्रधानमन्त्री देउवाले आफ्नो शपथकै दिन २३ जेठमा सात जनालाई मन्त्री बनाएका थिए । उनले ५० दिनसम्म सात जना मन्त्रीबाटै काम चलाएका थिए । ११ साउनमा मन्त्रिमण्डल विस्तार गरी उनले १९ मन्त्री थपे । चार दिनअघि मात्रै माओवादी केन्द्रबाट आठ जना राज्यमन्त्री थपेका प्रधानमन्त्री देउवाले मंगलबार चौथो पटक कांग्रेस र लोकतान्त्रिक फोरमबाट १५ जना राज्यमन्त्री थपे ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












