मोदीले देउवालाई दिएको सरप्राईज भेटको रहस्य खुल्योः देउवाले दिए डोक्लाम विवादमा भारतलाई साथ दिने आश्वसन

काठमाडौं, ९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई डोक्लाम विवादमा भारतलाई साथ दिने आश्वसन दिएको खुलासा भएको छ । बुधवार भारतीय प्रधानमन्त्रीसँग दिल्लीमा भएको सरप्राईज भेटका क्रममा डोक्लाम विवादमा भारतलाई साथ दिन गरेको भारतीय प्रधानमन्त्री मोदीको आग्रहलाई आफु भारतका पक्षमा रहेकाले यस विषयमा आन्तरिक छलफल गरी भारतीय पक्षमा उभिने आश्वासन दिएको खुलासा भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार देउवासँग अचानक गरेको भेटघाट विषयमा डोक्लाम विवादकै विषय नेपालका प्रधानमन्त्रीले गलत निर्णय गर्न सक्ने धेरैको अनुमान थियो । भारतीय जनता पार्टीका एक उच्चस्तरीय नेताका अनुसार प्रधानमन्त्री मोदीले डोक्लामको विषयमा सहयोग गरे आगामी चुनावमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएपछि देउवाले आफु भारतीय पक्षमा दृढ रहने भन्दै भारतीय प्रधानमन्त्रीलाई विश्वस्त गराएका थिए ।
भ्रमणको क्रममा देउवाले विभिन्न ८ बुँदे सम्झौतामा गरेका छन् । त्यति मात्र होइन, प्रधानमन्त्री मोदीले वान बेल्ट वान रोड (ओबीआर) मा नेपालले गरेको हस्ताक्षरका विषयमा पनि आपत्ति जनाएको स्रोतले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारले चीनमै गएर ओबीआरमा हस्ताक्षर गरेको थियो । मोदीले प्रधानमन्त्री देउवालाई ओबीआरको विषयमा जे भयो अब त्यस विषयलाई अघि पनि आग्रह गरेको स्रोतको दावी छ ।
उनले विमस्टेकलाई सशक्त रुपमा अगाडि बढाउन पनि सुझाव दिए । भारत, भुटान र नेपाल मिलेर अगाडि बढ्नुपर्ने विषयमा समेत कुराकानी भएको स्रोतको दावी छ । हालै संसदमा अस्वीकृत भएको संशोधन विधेयकको बारेमा पनि भारतीय प्रधानमन्त्री मोदीले चासो राखेका थिए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












