संसदको महासचिवको तलब मन्त्रीको भन्दा झन्डै दोब्बर, तलब मात्रै १ लाख १७ हजार रुपैयाँ

काठमाडौं, १२ भदौ । संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको । प्राप्त मस्यौदाअनुसार संसदको महासचिवले मासिक न्यूनतम एक लाख १७ हजार रुपैयाँ र सचिवले तलबभत्ता मात्र मासिक ९० हजार रुपैयाँभन्दा बढी प्राप्त गर्ने उल्लेख छ ।
महासचिव र सचिवका तलब, भत्ताबाहेक फर्निचर र पोशकभत्ता (एकमुष्ठ) बाहेक उनीहरुले सहयोगी खर्च, सुरक्षा गार्ड, दैनिक भ्रमण भत्ता, चाडपर्व खर्च, नेता भत्ता, बिजुली धारा पानी, सवारी साधन तथा इन्धन, सहयोगी भर्न खर्च, आवास सुविधा र उपचार खर्च समेत प्राप्त गर्ने प्रस्ताव छ । यी रकम समेत जोड्दा उनीहरुको तलब मन्त्रीको भन्दा झन्डै दोब्बर हुने देखिएको हो । हालको कानुन अनुसार एक मन्त्रीले तलब, भत्ता, गरी ९० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।
सघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारि श्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदले आन्तरिक रुपमा स्वीकृत गरेपछि कानुन मन्त्रालयको राय सुझाव लिई पारित हुनेछ । अन्य विधेयकजस्तो संसदीय समितिमा छलफल हुँदैन ।
विधेयकमा महासचिव र सचिवहरु अन्य क्षेत्रबाट आउन रोक लगाइएको छ । मस्यौदाको दफा ३ को योग्यताको (घ) ले नेपाल संसद सेवाको राजपत्राकिंत प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा महासचिबको हकमा कम्तीमा सात बर्ष र सचिवको हकमा कम्तीमा पाँच बर्षको अनुभव प्राप्त गरेको वा संसदीय अध्ययन वा अनुसन्धानको क्षेत्रमा कम्तिमा पन्ध्र बर्ष को अनुभव र ख्याति प्राप्त गरेको भन्ने प्रावधान राखेर सरकारका अन्य निकायका पदाधिकारीहरुलाई प्रवेश गर्न रोक लगाएको खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












