किशोर प्रधानसहित तीन जनाले दिए जिल्लारनगर उपाध्यक्षमा उम्मेद्वारी
काठमाडौं, १३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त जिल्लारनगर उपाध्यक्षमा ३ जनाले उम्मेद्वारी दिएका छन् । यही भदौ १९ गते हुने निर्वाचनका लागि निरक केसी, किशोर प्रधान र प्रकाश साउदले उम्मेद्वारी दिएका हुन् । निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म नोमिनेसनको समय तोकेको थियो ।
गत चैत २८ गते भएको महासंघको निर्वाचनमा प्रमोद श्रेष्ठ जिल्लारनगर उपाध्यक्षमा निर्वाचित भएका थिए । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ एमालेका तर्फबाट म्याग्दीको बेनी नगरपालिकाको मेयरमा उठेका थिए ।
विधानअनुसार महासंघले श्रेष्ठलाई उपाध्यक्ष पदबाट हटाएको थियो । महासंघको विधानमा पदाधिकारीले कुनैपनि राजनीति दलको सदस्यता लिन, उम्मेद्वार बन्न, राजनीतिक लाभको पद लिन वा सक्रिय राजनीति गर्न नपाउने व्यवस्था छ ।
किशोर प्रधान यसअघिको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । बरिष्ठमा चुनाब हारेका प्रधान फेरि जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार बनेका हुन् । त्यसैगरी अर्का उम्मेद्वार निरक केसी यो कार्यसमितिमा कार्यकारीणी सदस्य छन् । त्यस्तै, अर्का उम्मेद्वार साउद पनि यो कार्यसमितिमा कार्यकारीणी सदस्य छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












