किशोर प्रधानसहित तीन जनाले दिए जिल्लारनगर उपाध्यक्षमा उम्मेद्वारी
काठमाडौं, १३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त जिल्लारनगर उपाध्यक्षमा ३ जनाले उम्मेद्वारी दिएका छन् । यही भदौ १९ गते हुने निर्वाचनका लागि निरक केसी, किशोर प्रधान र प्रकाश साउदले उम्मेद्वारी दिएका हुन् । निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म नोमिनेसनको समय तोकेको थियो ।
गत चैत २८ गते भएको महासंघको निर्वाचनमा प्रमोद श्रेष्ठ जिल्लारनगर उपाध्यक्षमा निर्वाचित भएका थिए । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ एमालेका तर्फबाट म्याग्दीको बेनी नगरपालिकाको मेयरमा उठेका थिए ।
विधानअनुसार महासंघले श्रेष्ठलाई उपाध्यक्ष पदबाट हटाएको थियो । महासंघको विधानमा पदाधिकारीले कुनैपनि राजनीति दलको सदस्यता लिन, उम्मेद्वार बन्न, राजनीतिक लाभको पद लिन वा सक्रिय राजनीति गर्न नपाउने व्यवस्था छ ।
किशोर प्रधान यसअघिको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । बरिष्ठमा चुनाब हारेका प्रधान फेरि जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार बनेका हुन् । त्यसैगरी अर्का उम्मेद्वार निरक केसी यो कार्यसमितिमा कार्यकारीणी सदस्य छन् । त्यस्तै, अर्का उम्मेद्वार साउद पनि यो कार्यसमितिमा कार्यकारीणी सदस्य छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












