जापानी अध्यागमनको नियन्त्रणमा रहेका कांग्रेस नेता प्रदीप पौडेल नेपाल फर्काइए
जापान, १ असोज । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणपछि नेपाल फिर्ता भएका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेललाई केही समय अध्यागमनले नियन्त्रणमा लिएर नेपाल फर्काएको छ । पौडेलसँगै स्वास्थ्यखबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेलाई पनि अध्यागमनले नियन्त्रणमा लिएको थियो ।
केही घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि उनीहरुलाई नेपाल फिर्ता पठाइएको छ । ‘हामीले अनेक कोसिस गर्दा पनि बाहिर ल्याउन सकिएन’ आयोजक नेपाली जनसम्र्पक समितिका प्रवक्ता सुरेश गिरीले भने, ‘उहाँहरुलाई फिर्ता पठाएको जानकारी इमिग्रेसनले दिएको छ, आजै राति नेपाल आइपुग्नुहुन्छ ।’
पौडेललाई रिहा गर्न टोक्योस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरे पनि सफल हुन सकेन । र, अन्ततः फिर्ता पठाइयो ।
धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल नियन्त्रयणमा परेको हुन् । प्रवक्ता गिरीले भने पौडेललाई स्पोन्सर गर्नेको फोन बेलामा नउठेको र र्फम भर्दा पेशा पत्रकार र राजनीतिज्ञ भनेर उल्लेख गरेको हुँदा अतिरिक्त निगरानीमा परेको दाबी गरे । गुरुङसँग रातो पासपोर्ट भएकाले बिना चेकजाँच सहजै आउन पाए पनि पौडेलसँग रातो पासपोर्ट नभएकाले समस्या आएको गिरीको भनाइ छ । जनसम्र्पक समितिले आइतबार साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् । यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता कुमार पौडेल, सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











