आज दोस्रो संविधान दिवस, चुनावसँगै संविधान कार्यान्वयनको पक्ष सन्तोषजनक
काठमाडौं, ३ असोज । आज संविधान दिवस । संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको आज (मंगलबार) दुई वर्ष पूरा भएको हो । दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका केही मधेसकेन्द्रीत दलले संविधान संशोधनको माग गर्दै आएका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा संशोधन प्रस्ताव पेस गरेपनि दुई तिहाई मत नपुग्दा संशोधन प्रस्ताव पारित हुन सकेन । सरकारलाई आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको चुनाव सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकोमा तीन चरणमा स्थानीय तहको चुनाव पूरा भएको छ ।
संघ र प्रदेशको चुनावको तयारी पनि भइरहेको छ । प्रदेश नम्बर २ मा सोमबार चुनाव भएसँगै यसको मतगणना सुरु भैसकेको छ । संविधान संशोधनको माग गर्दै पहिलो र दोस्रो चरणको चुनावमा सहभागी नभएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पनि चुनावमा भाग लिएपछि संविधान कार्यान्वयन अघि बढेको छ । संविधानले तय गरेको सिमाभित्र संविधान जारी गर्न दलहरु तयार भएका छन् । सरकारले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणा समेत गरिसकेको छ ।
संविधानको धारा २९६ (१) ले संविधान कार्यान्वयनका लागि माघ ७ गतेभित्र सबै तहको चुनाव सम्पन्न गर्न अन्तिम सीमा तोकेको सन्दर्भमा सरकारले राज्यलाई चाहिने आवश्यक कानुन त्यो समयभित्र संसद्बाट पारित गरिसक्नुपर्छ । संसद्मा विचाराधीन एंव दर्ता हुन बाँकी मस्यौदा माघ ७ गतेसम्म पारित भैसक्नुपर्नेछ । माघ ७ गते संसदको आयु सकिने भएकाले प्रस्तावित विधेयक त्यो दिनसम्ममा पारित नभए स्वतः निष्क्रिय हुनेछ । सरकारलाई संघीयताको पूर्ण कायान्वयन, मौलिक हक रक्षा र देशको आर्थिक विकाससँग सम्बन्धीत थुप्रै कानुन संक्रमणकाल अघि नै पारित गर्नुपर्ने चुनौती छ । संविधान जारी भएको सम्झनामा सरकारले असोज २ गते संविधान दिवस मनाउने निर्णय पनि गरेको छ । त्यसकै लागि सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम हुन सकोस्ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
देश आर्थिक समृद्धिको यात्रामा जाने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धी संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
संविधान जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्यः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शान्ति र समृद्धिको दिशामा नेपालको प्रगतिमा सहयोग कायमै रहन्छ: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ । “यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्”, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको ट्रम्पको सन्देशमा भनिएको छ ।
गएको साल यो महत्वपूर्ण दिन मनाएयता नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको उल्लेख छ ।
नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता
नेपालको संविधान दिवसका अवसरमा छिमेकी देशभारत, चीनलगायतले शुभकामना सन्देश पठाई संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् । यस अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउनुभएको छ । आफ्नो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबिच अनुपम बहुआयामिक सम्बन्ध रहिआएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताउनुभएको छ ।
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसैगरी चीनका राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगोस् भनी कामना गर्नुभएको छ ।
त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले आफ्ना समकक्षीसमक्ष शुभकामना सन्देश पठाउँदै यस अवसरमा दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जापानी सम्राट् अकिहितोले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुशी र समृद्धिको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...












