आज दोस्रो संविधान दिवस, चुनावसँगै संविधान कार्यान्वयनको पक्ष सन्तोषजनक
काठमाडौं, ३ असोज । आज संविधान दिवस । संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको आज (मंगलबार) दुई वर्ष पूरा भएको हो । दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका केही मधेसकेन्द्रीत दलले संविधान संशोधनको माग गर्दै आएका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा संशोधन प्रस्ताव पेस गरेपनि दुई तिहाई मत नपुग्दा संशोधन प्रस्ताव पारित हुन सकेन । सरकारलाई आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको चुनाव सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकोमा तीन चरणमा स्थानीय तहको चुनाव पूरा भएको छ ।
संघ र प्रदेशको चुनावको तयारी पनि भइरहेको छ । प्रदेश नम्बर २ मा सोमबार चुनाव भएसँगै यसको मतगणना सुरु भैसकेको छ । संविधान संशोधनको माग गर्दै पहिलो र दोस्रो चरणको चुनावमा सहभागी नभएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पनि चुनावमा भाग लिएपछि संविधान कार्यान्वयन अघि बढेको छ । संविधानले तय गरेको सिमाभित्र संविधान जारी गर्न दलहरु तयार भएका छन् । सरकारले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणा समेत गरिसकेको छ ।
संविधानको धारा २९६ (१) ले संविधान कार्यान्वयनका लागि माघ ७ गतेभित्र सबै तहको चुनाव सम्पन्न गर्न अन्तिम सीमा तोकेको सन्दर्भमा सरकारले राज्यलाई चाहिने आवश्यक कानुन त्यो समयभित्र संसद्बाट पारित गरिसक्नुपर्छ । संसद्मा विचाराधीन एंव दर्ता हुन बाँकी मस्यौदा माघ ७ गतेसम्म पारित भैसक्नुपर्नेछ । माघ ७ गते संसदको आयु सकिने भएकाले प्रस्तावित विधेयक त्यो दिनसम्ममा पारित नभए स्वतः निष्क्रिय हुनेछ । सरकारलाई संघीयताको पूर्ण कायान्वयन, मौलिक हक रक्षा र देशको आर्थिक विकाससँग सम्बन्धीत थुप्रै कानुन संक्रमणकाल अघि नै पारित गर्नुपर्ने चुनौती छ । संविधान जारी भएको सम्झनामा सरकारले असोज २ गते संविधान दिवस मनाउने निर्णय पनि गरेको छ । त्यसकै लागि सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम हुन सकोस्ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
देश आर्थिक समृद्धिको यात्रामा जाने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धी संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
संविधान जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्यः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शान्ति र समृद्धिको दिशामा नेपालको प्रगतिमा सहयोग कायमै रहन्छ: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ । “यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्”, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको ट्रम्पको सन्देशमा भनिएको छ ।
गएको साल यो महत्वपूर्ण दिन मनाएयता नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको उल्लेख छ ।
नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता
नेपालको संविधान दिवसका अवसरमा छिमेकी देशभारत, चीनलगायतले शुभकामना सन्देश पठाई संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् । यस अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउनुभएको छ । आफ्नो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबिच अनुपम बहुआयामिक सम्बन्ध रहिआएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताउनुभएको छ ।
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसैगरी चीनका राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगोस् भनी कामना गर्नुभएको छ ।
त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले आफ्ना समकक्षीसमक्ष शुभकामना सन्देश पठाउँदै यस अवसरमा दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जापानी सम्राट् अकिहितोले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुशी र समृद्धिको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












